• Saturday, May 03, 2025

तङ्ग्रिने सुरसारमा धुलिखेलको पर्यटन

काभ्रेपलाञ्चोक, भदौ ३० गते । भदौ दोस्रोे सातादेखि कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय अब तङ्ग्रिएला भन्ने विश्वास बढेको छ । त्यसयता होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्दै यो महिनाको अन्त्यतिर दैनिक आन्तिरिक पर्यटकको आउजाउ पनि हुन थालेको छ ।

केही कार्यक्रमको लागि सोधनी र ‘बुकिङ्’ ले प्याकुरेलको उत्साह बढाएको छ । प्रक्षेपण गरिएको कोरोना तेस्रो लहर आउँला नआउँला तर, कोरोना सङ्क्रमण दर घट्दै गएकाले हाल धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा रहेको देखिन्छ । “अब व्यवसायले रुप फेर्ला भन्ने आशा जगाएको छ, कोरोना तेस्रो लहरको चिन्ता उत्तिकै त छ तर हाल होटल–पर्यटन सहज बन्दै गएको अनुभूति हुँदैछ”, प्याकुरेलले भन्नुभयो । कोरोनाका दुईवटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा व्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको महामारी प्रक्षेपणले उहाँलगायत धुलिखेलका होटल व्यवसायीलाई लयमा फर्कनेबारे थप चिन्ताको भारी नबोकाएको भने हैन ।

गत चैतमा दोस्रो लहर सुरुसँगै होटल सारथीमा वैशाख अन्तिम सातासम्मका बुकिङ रद्द भए । ५० बेड क्षमताको होटलमा वैशाख अन्तिमसम्म जेनतेन स्वास्थ्य मापदण्डअनुसार सेवा दिएपछि जेठ, असार र साउनमा होटेल ठप्पै रह्यो । कोभिड–१९ को दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्न थालेपछि होटल सारथीसँगै पर्यटकीय स्थल धुलिखेलका होटेल वैशाख अन्त्यसम्म गरिएका बुकिङ धमाधम रद्द गर्न बाध्य बनेका थिए ।

कोरोनाको जोखिमपछि पुनः बामे सर्दै गरेका होटेल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल सङ्घ (हान)का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताउनुभयो । “तत्कालै तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा थियौँ, व्यवसायी टाट पल्टने अवस्था आइसकेको थियो, अब सङ्क्रमण दर घटेपछि हामी होटेल–पर्यटन लयमा फर्कने भएपछि खुसी छौँ”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “दैनिक दुई सयको हाराहारिमा रिसोर्टमा आन्तरिक÷बाह्य पर्यटक आउने गरेकोमा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झ¥यो ” । अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दै छन् । सो क्षेत्रका पर्यटन व्यवसायी अब विदेशी पर्यटकको पर्खाइमा छन् ।

धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बनायो । धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु. ५० अर्बको लगानी छ । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौ महिनामा विशेष तीन प्याकेजको घोषणा गरेका थिए । “गतवर्ष पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन भएका थियौँ, दोस्रो लहरले पुनः थल्याइदियो, अब पुनः प्याकेज ल्याउनेबारे छलफलमै छौँ”, श्रेष्ठले भन्नुभयो ।

गतसाल कोरोना सङ्क्रमण दर घट्दा होटल–पर्यटनमा बढेको चहलपहलको आभास यो वर्ष पनि भएको हानका सचिव ज्योत्स्ना सैँजू बताउनुहुन्छ । “दोस्रो लहरपछि पुनः हाल आन्तरिक पर्यटन बढ्दै गएको छ, सरकारी खोप अभियानका कारण लयमा फर्कने अपेक्षामा छौँ”, उहाँले भन्नुभयो । उहाँको धुलिखेलस्थित होटल माउण्ट प्रिन्सेस्मा बिदामा र केही विवाहका साना कार्यक्रमसँगै हाल केही आवासीय कार्यक्रम आउन थालेको छ ।

पर्यटकीय स्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटरको दूरीमा छ । धुलिखेल राजधानीबाट नजिकैको पर्यटकीयस्थल रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौँ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रम हुने गर्दछन् । सङ्घले यसअघि कोरोनाको जोखिम घट्दा पर्यटन प्रवर्धन गर्न ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्दै आएको थियो । साथै, हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्तिवनस्थित बुद्धमूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो । व्यवसायी पुनः प्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने सङ्घले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter