थप ६६७ जनामा सङ्क्रमण पुष्टि, आठ जनाको मृत्यु

काठमाडौं, असोज २१ गते । पछिल्लो २४ घण्टामा ६६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २६७ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, तीन हजार ४०८ वटा एन्टीजेन परीक्षण गर्दा १३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार दुई सय जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सक्रिय सङ्क्रमित हुने १५ हजार ९४२ जना छन् । पछिल्लो २४ घण्टामा ५७ हजार १५८ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter