धौलागिरि आरोहीमार्फत् पर्यटन प्रवद्धनमा विश्वसन्देश दिन सफल

छेटु शेर्पा / काठमाडौं, असोज २४ गते । अक्टोवर १ मा तीन जना नेपाली महिला आरोहीले धौलागिरि हिमालको सफल आरोहण गरेका छन् । यो सँगै आरोहण इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ । दुई वर्षदेखि कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न केही सकारात्मक सन्देश दिन आरोहण सफल भएको आरोही महिलाहरुले बताएका छन् । पर्यटन क्षेत्रको पुनः प्रवद्र्धनको जरुरी छ यसमा नेपाली महिलाले गरेको पहिलो कीर्तिमानले विश्वमाझमा सन्देश पु¥याउन सहयोग गरेका आरोही पासाङ ल्हामु शेर्पाले बताउनुभयो ।

अक्टोवर १ तारिखका दिन फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, पासाङ ल्हामु शेर्पा र दावायाङजुम शेर्पाले पहिलो नेपाली महिलाको रुपमा धौलागिरी हिमालको सफल आरोहण गर्नुभएकाे हाे । कोरोना संक्रमण कम हुँदै गएसँगै पर्वतारोहणका लागि आउने विदेशी पर्यटकको संख्या पनि बड्दै गएसँगै आरोहणमा मिलेको सफलताले प्रवद्र्धनमा टेवा पुगेको उहाँहरु बताउनुहुन्छ ।

महिला आरोहीको मिहिनेक्तले हिमाल आरोहणमा समान सहभागिता र सक्षमताको एउटा उदाहारण समेत बनेको नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाले बताउनुभयो । आरोहणसँगै सकारात्मक सन्देश पुगेको छ र आउने दिनमा पर्वतारोहणमा विश्वबाट पर्वतारोहीहरुको संख्यामा वृद्धि हुने समेत उहाँले बताउनुभयो ।

आफ्ना प्रचारप्रसार र व्यक्तिगत स्वार्थ भन्दा माथि उडेर आरोहणलाई पेशासँगै पर्यटन प्रवद्र्धनमा लागि परेको आरोही गाइड दावायाङजुम शेर्पाले बताउनुभयो । विदेशी पर्यटकहरु नेपालका हिमाल आरोहण गरेर आफ्नो देशको प्रचार गर्छन तर हामीले हाम्रो देशलाई प्रचार गर्न चाहेका हाैँ, उहाँले भन्नुभयो ।

प्रचारप्रसारको माध्यमनै कीर्तिमानी आरोहण मुख्य भएको भन्दै नेपालीहरुले पछिल्लो समय गरेको सफल आरोहणले विश्वमाझ सन्देश पु¥याउन सहयोग गरेको व्यवसायीहरुको भनाई छ । गत महिना दशौं अग्लो अन्नपूर्ण हिमालको महिला आरोही माया शेर्पा, शर्मिला स्याङतेन, पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा र दावाफुटी शेर्पाले पहिलो पटक सफल आरोहण गरी नयाँ कीर्तिमान बनाइ सक्नु भएको छ । कोरोना कहरबीच गत हिउँद मौसममा १० जना नेपाली आरोहीले केटु हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल हुनुभएका थिए ।

धौलागिरिमा कीर्तिमान कायम गर्ने महिला आरोही मध्ये दक्षिण एसियाकै पहिलो महिला माउन्टेन गाइड दावा याङजुम शेर्पा, आरोही फोटोपत्रकार पूर्णिमा श्रेष्ठ र ट्रेकिङ गाइड एवं आरोही पासाङ ल्हामु शेर्पा हुन् । उहाँहरु आठहजार भन्दा अग्लो विश्वका १४ वटा हिमालको आरोहण गर्ने लक्ष्यमा छन् । विसं २०५० साल बैसाख १० गते स्वर्गीय पासाङ ल्हामु शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेपछि नेपाली महिलामा आरोहणको इतिहास शुरु भएको हो । त्यसपछि संखुवासभाकी लाक्पा शेर्पाले नौ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गराउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter