• Tuesday, April 22, 2025

थप ३२६ जनामा सङ्क्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, असोज २७ गते । पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीन हजार ६७१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३२६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, एक हजार ९२३ वटा एन्टीजेन परीक्षण गर्दा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६०९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २६१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सक्रिय सङ्क्रमित हुने १४ हजार २६७ जना छन् । पछिल्लो २४ घण्टामा दुई हजार २७५ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter