कोप–२६ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जानुहुँदै

काठमाडौं, कात्तिक ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रसङ्घीय जलवायु सम्मेलन संरचना महासन्धि (कोप–२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार बेलायत भ्रमणमा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवासहित नेपाली प्रतिनिधिमण्डलको भ्रमण तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । परारष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार अक्टोबर ३० मा प्रधानमन्त्री देउवाले सर्वदलीय संसदीय समूह र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा भाग लिनुहुने र सम्बोधन गर्ने हुनुभएको छ ।

यसैगरी, अक्टोबर ३१ मा देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली सङ्घ र नेपाली समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुनेछ । सोही दिन बेलायतका लागि नेपाली कार्यवाहक राजदूतले लण्डनमा आयोजना गर्नुभएको रिसेप्सनमा भाग लिनुहुने कार्यतालिका रहेको छ ।

रिसेप्सनमा देउवाले नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस–गोर्खा संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुनेछ । यसैगरी, नोभेम्बर १ मा प्रधानमन्त्री देउवाले कोप–२६ सम्मेलनमा भाग लिनुहुनेछ । उक्त सम्मेलनमा प्रधानमन्त्रीले नेपाली मुद्दासहित सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ ।

त्यस्तै, नोभेम्बर २ को बिहान प्रधानमन्त्री देउवा बेलायी प्रधानमन्त्री बोरिस जोन्सन र सांसदहरुले सरकार प्रमुखहरुको सम्मेलनमा आयोजना गर्ने ब्रेकफास्टमा सहभागी हुनुहुनेछ । सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री देउवाले विभिन्न मुलुकका सरकार प्रमुखसँग भेटवार्ता गर्नुहुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार नोभेम्बर ३ मा प्रधानमन्त्री देउवा एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गर्नुहुनेछ । त्यस अवसरमा देउवाले त्यहाँ उपस्थित हुनुभएकालाई सम्बोधन गर्ने र नेपाली बगैंचामा वृक्षरोपण गर्ने कार्यक्रम छ ।

नोभेम्बर ४ मा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घीय जलवायु सम्मेलन संरचना महासन्धि (कोप–२६) सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डको ग्लास्गोमा आयोजना हुँदैछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter