गौतमबुद्ध विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान, उडान सहज

काठमाडौं, कात्तिक २९ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस)बाट जहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थल हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले यो विमानस्थलमा पहिलोपटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टमको प्रविधि जडान गरेको छ ।

प्राधिकरणका अनुसार सञ्चालनमा रहेका नेपालका ३५ वटै विमानस्थलमा प्रविधिको सहयोगमा जहाज अवतरण गर्न सकिने व्यवस्था छैन । एक मात्र अन्तराष्ट्रिय उडान गर्दै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत यो सुविधा छैन ।

इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गर्न जहाज १० माइल टाढादेखि तीन डिग्रीमा आउनुपर्ने हुन्छ त्यसैले भौगोलिक अवस्था र प्राविधिक कठिनाइका कारण नेपालका अधिकांश विमानस्थलमा यो प्रविधि जडान हुन नसकेको वरिष्ठ पाइलट दधिराम निरौलाले बताउनुभयो ।

नवनिर्मित विमानस्थलहरुमा भने यो प्रविधि जडान गर्ने तयारी गरेको नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गर्ने प्राधिकरणले जनाएको छ ।

तलमाथि, दायाँबाँया सबै जानकारीसहित सिष्टम जडान हुने भएकाले यो प्रविधि जडानसँगै जहाज अवतरण र उडानका लागि सहज हुने र दुर्घटना हुनबाट समेत जोगिने पाइलट निरौलाले बताउनुभयो । आजसम्म सबै जहाजहरु आँखाले हेरेका भरमा अवतरण र उडान गर्दै आएको उहाँले बताउनभुयो ।

भारतका शतप्रतिशत विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान छ । प्राधिकरणले निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गरेसँगै यसको जाँच गर्न दक्ष प्राविधिकबाट क्यालिब्रेसन उडान गर्ने तयारी गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter