प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुद्वारा भेट

काठमाडौँ, मङ्सिर २ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ ।
साे कुरा प्रधानमन्त्री देउवाकाे आधिकारीक ट्वीट मार्फत जानकारी गराइएकाे छ । भेटमा नेपाल अमेरिकाबीचकाे लामाे मैत्री सम्बन्ध, सहयाेग र द्वीपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएकाे बताइएकाे छ ।