• Wednesday, April 23, 2025

राष्ट्रियसभा निर्वाचन : कोरोना सङ्क्रमितले मतदान गर्न पाउने

काठमाडौं, माघ ५ गते । राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था गरी मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको बताउनुभयो ।

स्वास्थ्य सुरक्षासम्बन्धी नियममा मतदान केन्द्रमा स्वास्थ्यको एउटा टिन बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच हुने, सङ्क्रमित भएर आएका मतदातालाई निसङ्क्रमित गरेर छुट्टै बक्सामा भोट हाल्ने प्रबन्ध मिलाउनेलगायतका विषय उल्लेख भएको सहायक प्रवक्ता धमालले जानकारी दिनुभयो।

यही माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतादाता रहनेछन् । आयोगले सात वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ । कोरोना महामारी जोखिमका बीच आयोगले स्वास्थ्य मापदण्ड अपनाएर निर्वाचन गर्ने भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter