• Friday, May 02, 2025

९५ प्रतिशत विमानस्थल घाटामा, पर्यटन र उत्पादनसँग जोडे मात्र नाफा

छेटु शेर्पा / काठमाडौं, फागुन २० गते । नेपाल नागरिक उडड्यन प्राधिकरणले स्थापना गरेका विमानस्थलमध्ये ९५ प्रतिशतभन्दा बढी घाटामा सञ्चालित छन् । स्थापना भएका विमानस्थल केही सञ्चालनमै आउन सकेका छैनन् भने सञ्चालन भएकामध्ये पनि आठ वटा मात्र नाफामा रहेको प्राधिकरणले जनाएको छ ।

सरकारकै सिफारिस र मागअनुसार प्राधिकरणले भौतिक संरचना निर्माण पूरा गरे पनि सञ्चालनका लागि सरकारबाटै दिगो योजना नबनाइँदा अधिकांश विमानस्थल बन्द छन र केही नोक्सानमा रहेको नेपाल नागरिक उडड्यन प्राधिकरण सञ्चालक समितिका सदस्य डा. लेखनाथ भण्डारीले जानकारी दिनुभयो । एक वर्ष अघिसम्म आठ वटा मात्र विमानस्थल नाफामा थिए, बाँकी यी विमानस्थलको नाफाको रकम र अरवौ राज्यकोष खर्चेर सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

विमानस्थल सञ्चालनका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले दिगो योजना ल्याउन नसकेको र अर्थ मन्त्रालयले समेत बजेट विनियोजन गर्न नचाहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले मात्र विमानस्थल सञ्चालन नाफामा ल्याउन सम्भावना छैन तर यसमा सरकारी निकायबाटै विमानस्थल सञ्चालनको योजना सहित बजेट विनियोजन हुनुपर्ने नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी नारायनदेवि श्रेष्ठले बताउनभुयो । प्राधिकरणले आउने दिनमा थप विमानस्थल निर्माण गर्ने भन्दा पनि सञ्चालनमा नभएको विमानस्थल सञ्चालन गर्नु मुख्य चुनौती भएको उहाँले बताउनुभयो ।

प्राधिकरणले स्थानीय, प्रदेश र संघिय सरकारसँग समन्वयमा गरी योजनाबद्ध रुपमा विमानस्थल सञ्चालनका योजनाहरु बनाउन शुरु गरेको श्रेष्ठले जानकारी दिनुभयो । आन्तरिक उडानमा जहाज कम हुनु, निजी वायूसेवा कम्पनीले नाफामुखी व्यवसाय मात्र गर्नु, सरकारको स्वामित्वमा रहेको वायुसेवा कम्पनीले आन्तरिक उडानमा चासो नदेखाउनु र गाडीको सुविधा पुगेका कारण विमानस्थल चाल्न नसक्नु पनि विमानस्थल नोक्सानको अर्को कारण भएको प्राधिकरणले जनाएको छ ।

किन घाटामा जान्छन् ?

राजनीतिक स्वार्थ र दवाबले विमानस्थल स्थापना हुनु, आवश्यकता, प्राविधिक अध्ययन विना विमानस्थल स्थापना हुनु नै मुख्य चुनौति भएको छ । प्रत्येक नेता, संसददेखि मन्त्रीसम्मले निर्वाचन केन्द्रित विकासमा विमानस्थल निर्माण गर्नुनै गलत भएको भन्दै बाँकी नोक्सानमा रहेका विमानस्थललाई नाफामुखी सञ्चालनमा ल्याउन नेतालेनै जोडदिनु पर्ने मुख्य जिम्मेवारी भएको प्राधिकरणका बोर्ड सदस्य डा. लेखनाथ भण्डारीको सुझाव छ । यसै महिनामात्र इलाममा निर्मित फाल्गुनन्द सुकिलुम्वा विमानस्थल सञ्चालनमा आएको छ भने काठमाडौं पछि पहिलो पटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले यहीँ बुद्धजयन्तीदेखि व्यावसायिक उडान शुरु गर्ने तयारी थालेको छ ।

यी नयाँ सञ्चालनमा आउने र बाँकी विमानस्थलहरुको सञ्चालन र आर्थिकस्तर बृद्धि गर्न मन्त्रालयले योजना बनाउने तयारी गरेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव तथा नेपाल नागरिक उडड्यन प्राधिकरण सञ्चालक समितिका सदस्य डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । राज्यलाई भार कम गर्न व्यवसायिक रुपमा विमानस्थलहरुलाई जोड्नुपर्ने पर्यटन प्रवद्र्धनसँगै स्थानीय उत्पादनलाई मुख्य आधार बनाउने गरी योजना बनाउने उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणको तथ्याङकअनुसार देशभर ५७ वटा विमानस्थल स्थापना भएका छन् । जसमा १९ वटा विमानस्थल सञ्चालन नै भएका छैनन सञ्चालन भएका ३७ मध्ये अधिकांश विमानस्थल नै नोक्सान (घाटा) मा सञ्चालन छन् भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा छ । यीमध्ये आफ्नै आम्दानीबाट सञ्चालन खर्च धान्ने विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर, तेञ्जिङ हिलारी लुक्ला , नेपालगञ्ज, पोखरा, चन्द्रगढी, भद्रपुर र धनगढी विमानस्थल हुन भने बाँकी नोक्सानमा सञ्चालनमा रहेको प्राधिकरणको भनाइ छ ।

त्यसैगरी अर्बाैं रुपियाँ लगानी गरेर निर्माण गरिएका १९ वटा विमानस्थल सञ्चालनमै आउन सकेका छैनन् । यसरी सञ्चालन नभएका विमानस्थलहरुमा बाग्लुङ, रुकुम चौरजहारी, दार्चुला, ढोरपाटन, फाल्गुनन्द, गोरखा, गुल्मी, जिरी, काङगेलडाँडा, खिजीचण्डेश्वरी, लाङटाङ, महेन्द्रनगर, मनाङ, डोल्पा मसिनेचौर, मेघौली, रोल्पा, स्याङबोचे, टीकापुर र कालिकोट विमानस्थल छन् । अझै थप निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र अर्घाखाँची विमानस्थल गरी थप तीनवटा विमानस्थल निर्माण चरणमै छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter