धान खेत मासेर ड्रागन फ्रुट खेती

हरिप्रसाद कोइराला / उर्लाबारी, फागुन २१ गते । मोरङको सुनवर्षी–१ केचनाका गणेश तुर्छा (राई) यतिबेला ३ विघा जमिनबाट वार्षिक ३० लाख रुपियाँ कमाउने कृषि उद्यममा लाग्नुभएको छ । प्रति विघा मुस्किलले ६० मन धान फल्ने ३ बिगाहा खेतमा उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको हो । सुरुमा परीक्षणको रुपमा १०÷१५ वटा विरुवा लगाएर खेती सुरु गर्नुभएका गणेशले ती विरुवाले सोचे भन्दा राम्रो उत्पादन दिएपछि धान खेत मासेर ड्रागन फ्रुटको खेती विस्तार गर्नुभएको हो ।

खोलाको किनारमा रहेको तुर्छाको ३ विघा खेतमा अहिले १३ हजार विरुवाले उत्पादन दिन लागेका छन् । गत वर्ष वैशाखमा विरुवा लगाउनु भएका तुर्छा राईले भन्नुभयो–‘भारतको हैदरावादबाट विरुवा ल्याएर लगाएको हुँ । जेठदेखि उत्पादन दिनथाल्छ ।

राईले वार्षिक ३० लाख रुपियाँ कमाउने सपना देखेर ड्रागन खेती सुरु गर्नुभएको हो । उहाँले भन्नुभया, ‘१ करोड ५० लाख रुपियाँ लगानी भइसकेको छ । उहाँले ३ सय रुपियाँका दरले विरुवा खरिद गर्नुभएको हो । विरुवामा मात्र ३९ लाख रुपियाँ खर्च भएको छ । रोपाई खर्च, मल, घेरावार, सिंचाई र आफ्नो मेहनत गर्दा ठूलो लगानी भएको राईले बताउनुभयो ।

पाँच वर्ष दक्षिण अफ्रिकाको मोरक्को र ३ वर्ष सिंगापुरमा पसिना बगाउनु भएका ४५ वर्षीय राई ड्रागनले लगातार २० वर्ष उत्पादन दिन्छ भनेपछि यता तिर आकर्षित हुनभएको हो ।

धान, मकै, गहुँ जस्ता बालीबाट राम्रै उत्पादन हुन्थ्यो । समयमा मल उपलब्ध नहुँदा हरेक वर्ष किसान पीडामा हुन्छन् । ‘रसायनिक मल र विषादी विना सोचे जस्तो उत्पादन लिन सकिन्न । त्यसैले ड्रागन खेतीमा लागेको हुँ’, उहाँले भन्नुभयो, ‘नेपाली बजारमा सेतो ड्रागन फ्रुट प्रतिकिलो ५ सय रुपियाँमा बिक्री भइरहेको छ ।’

राईले रातो जातको बिरुवा लगाउनु भएको छ । राईका अनुसार सेतो भन्दा रातो प्रतिकिलो सय रुपियाँ बढीमा बिक्री हुनेगर्छ । औषत प्रति चार बोटबाट एक सिजनमा १२५ किलो उत्पादन लिन सकिने उहाँको भनाइ छ । २० वर्षसम्म लगातार उत्पादन लिन सकिने र मूल्य पनि राम्रो प्राप्त हुने अपेक्षासहित धान खेत मासेर ड्रागन लगाउनु भएका राईलाई उत्पादन सुरु भएपछि बजारको अभाव होला कि भन्ने चिन्ता लाग्न थालेको छ ।

उहाँले भन्नुभयो, ‘ठूलो लगानी फसिसकेको छ । बिक्री भएन भने फ्रुटलाई प्रशोधन गर्न सकिने सम्भावनाको अध्ययन गरिरहेको छु ।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter