२४ घण्टामा थप ६६ जना सङ्क्रमित, एकको मृत्यु

काठमाडौं, फागुन २३ गते । पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आठ हजार ६३८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४८ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ३३ हजा ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल छ हजार १५० जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter