२४ घण्टामा थप ५७ जनामा सङ्क्रमण, मृत्यु शून्य

काठमाडौं, चैत १ गते । पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सात हजार ८८४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ८३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । हालसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख तीन हजार ५३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल चार हजार ७४६ जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter