नेपाल युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

काठमाडौं, चैत १ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधनमन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नुहुने बताइएको छ ।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ । बैठकमा नेपाल र युएईबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनबारे समीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ । यस्तै यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यन्वयन पक्षमा पनि छलफल गरिने भएको छ । बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल गरिने भएको छ । पर्यटन प्रवेशाज्ञामा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

युएईको भ्रमणमा रहनुभएका मन्त्री श्रेष्ठ र युएईका मानव संसाधन मन्त्री डा अवारबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताका क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न विषयमा छलफल हुनेछ । सो अवसरमा मन्त्री श्रेष्ठले पर्यटन प्रवेशाज्ञा र सोबाट सिर्जित समस्या समाधानका उपायबारे आफ्ना समकक्षीसँग छलफल गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार युएई प्रस्थान गरेको थियो । आबुधावीस्थित विमानस्थलमा नेपाली प्रतिनिधिमण्डललाई युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गर्नुभएको थियो । बुधबार मन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजना हुने नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपायबारे नेपाली समुदायसँग छलफल गर्नुहुने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter