• Tuesday, April 22, 2025

पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशतलाई खानेपानी; निष्पक्ष निर्वाचन गराउन सरकारले आयोगलाई सहयोग गर्छ : प्रम देउवा

पाँचथर, चैत ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवा गाउँपालिका–३ मौवास्थित ‘आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना’ को आज उद्घाटन गर्नुभएको छ ।

उहाँले इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानीको धारा उद्घाटन गर्नुभएको हो । सो आयोजनाबाट तुम्बेवा गाउँपालिका– १, २ र ३ का एक हजार ६०० घरधुरी लाभान्वित हुने बताइएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकलाई खानेपानी उपलब्ध गराउने संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिमा यस आयोजनाले सहयोग पु(याउने बताउनुभयो । “स्वच्छ खानेपानी र सरसफाइको सुविधा आम नागरिकसम्म पु(याउनु सरकारको दायित्व हो”, उहाँले भन्नुभयो, “सहरी र गाउँमा स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था अझैसम्म सुनिश्चित हुन सकेको छैन् । खानेपानीकै लागि धेरै समय खर्चनुपर्ने बाध्यता अझै कायमै छ । यस्तो अवस्थाको अन्त्यका लागि स्थानीयस्तरका मुहानमा आधारित साना तथा मझौला आयोजना निर्माणमा जोड दिनुपर्छ ।”

प्रधानमन्त्री देउवाले चालु १५ औँ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण भएको क्षतिको क्षतिपूर्ति, पुनःनिर्माण तथा विशेष महत्वका आयोजनाको निरन्तरतामा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले पहाडी क्षेत्रमा खानेपानीको मुहान संरक्षणको योजना अगाडि बढाइएको उल्लेख गर्दै लिफ्टिङ तथा पम्पिङ खानेपानी आयोजनामा विद्युत् महसुल छुटको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

विसं २०७४ असारबाट सुरु गरिएको सो आयोजना रु ४५ करोड २० लाख नौ हजार ४०६ को लागतमा सम्पन्न भएको हो । आयोजनाबाट आठ हजारभन्दा बढी स्थानीयवासी लाभान्वित हुने आयोजनाले जनाएको छ ।

तमोर नदीको लखुवाघाटबाट विभिन्न स्थानमा रहेका सात वटा पम्पिङ ट्याङ्कीहरुको सहायताले एक हजार ३३६ मिटरमाथि मौवा डाँडामा ल्याई वितरणको व्यवस्था मिलाइएको हो । यस कार्यका लागि ११ केभिएको विद्युत् प्रशारण लाइन २३ किलोमिटर विस्तार गरिनुका साथै १९ किलोमिटर ट्रान्समिसन लाइन निर्माण गरिएको छ ।

आयोजनामा प्रतिसेकेन्ड १०।९७ लिटर पानी मौवा बजारस्थित अन्तिम पम्पिङ ट्याङ्कीमा आउने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । एक हजार ६०४ घरधुरीमा खानेपानी पु(याउनुपर्ने लक्ष्य लिएको भए पनि हालसम्म करिब ९०० घरसम्म पाइपलाइन विस्तार भएको सङ्घीय खानेपानी तथा ढल आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताउनुभयो ।

निष्पक्ष निर्वाचन गराउन सरकारले आयोगलाई सहयोग गर्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङमा आइतबार एक प्रहरीको ज्यान जाने गरी भएको घटनाकाे छानबिन गरी दोषीमाथि कारवाही गरिने बताउनुभएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका भवनको उद्घाटनको गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र निष्पक्ष रुपमा निर्वाचन गराउन सरकारले सहयोग गर्ने बताउनुभयो ।

नेपाल सङ्घीय संरचनामा गएपछि स्थानीय तहलाई अधिकार दिइएको र स्थानीय तहले जनाताको निकट रही काम गर्ने हुँदा जनताको मन जित्ने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter