बलिङ वरीयतामा सन्दीपको पाँच स्थान सुधार

काठमाडौँ, चैत ९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी एदिवसीय वलिङ वरीयतामा पाँच स्थान सुधार गर्नुभएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बपलङ वरीयतामा सन्दीपले पाँच स्थार सुधार गर्दै ६१औँ स्थानमा उक्लिनुभएको छ ।

यसअघि सन्दीप ६६औँ स्थानमा हुनुहुन्थ्यो । एकदिवसीय वरीयताको शीर्ष एक सयमा नेपालबाट सन्दीपमात्र पर्नुभएको छ । सन्दीपले हालै संयुक्त अरव इमिरेट्समा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।

बलिङमा राम्रो गरेपनि ब्याटिङको कमजोरीले नेपाल यूएईसँग दुवै खेलमा पराजित भएको थियो । नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई भने पराजित गरेको थियो । वरीयतामा ब्याटिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष एक सय स्थानमा परेका छैनन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter