थप ३२ जनामा सङ्क्रमण, मृत्यु शून्य

काठमाडौं, चैत १० गते । पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १३ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर पाँच हजार २६८ जनाको परीक्षण गर्दा कुल ३५ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा २६६ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर २२ हजार १९ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter