• Wednesday, April 23, 2025

नेपालमा ६६ प्रतिशतलाई दृष्टिविहीन हुनबाट रोक्न सकिन्छ

काठमाडौं,चैत १३ गते । नेपालमा कुल दृष्टिविहीनमध्ये ६६ प्रतिशतलाई उपचारका माध्यमबाट नै निवारण गर्न सकिन्छ भने १६ प्रतिशतको रोकथाम गर्न सकिने खालको रहेको बताइएकाे छ । नेपाल नेत्रज्योति संघले विश्व स्वास्थ्य संगठनको मापदण्डाका आधारमा सन् २०११ मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको जानकारी प्रप्त गर्न -यापिड एसेस्मेन्ट एभोइडयबल ब्लाइन्डनेस सर्भे गरेको थियो उक्त सर्वे अनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को ०.८४ प्रतिशतबाट घटेर सन् २०११ म ०.३५ प्रतिशतमा झरेको पाइयो । १९८१मा झन्डै एक सय मध्ये एक जना दृष्टिविहीनको स्थिति रहेकोमा करिब ३० वर्ष पछि सन् २०११ को सर्वेक्षणबाट दृष्टिविहीनको स्थिति ३५० जना बराबर एक जनामा घटाउन सफल भएको छ ।

एक वर्षमा २१ लाख भन्दा बढीको आँखा जाँच

सन् २०२१ मा नेपाल नेत्र ज्योति संघले मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रको माध्यमबाट कुल २१ लाख २३ हजार ३८० जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख पाँच हजार १२२ जनाको आँखा रोगको विभिन्न शल्यक्रिया गर्न सफल भएको थियो । विद्यालय आँखा जाँच कार्यक्रम मार्फत देशका सबै विद्यालयमा अध्यनरत एक लाख ५७ हजार ४७९ जना भन्दा बढी विद्यार्थीको निशुल्क आँखा जाँच गरी ४७ हजार २४३ जना विद्यार्थीहरुलाई निशुल्क चश्मा वितरण गरेको छ । संघले नेपालका सबै क्षेत्रलाई समेटने गरी २७ आँखा अस्पताल, १४८ आँखा उपचार केन्द्र तथा ४४ जिल्लाबाट सेवा दिएको छ ।

यसगरी प्रत्येक सरकारी अस्पतालमा आँखा शाखा स्थापना गनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आग्रह गर्नुभएको छ ।

४४ औं नेत्र ज्योति दिवशको अवसरमा नेपाल नेत्र ज्योति संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले छुटै अस्पतालबाट सेवा दिनुभन्दा एउटै अस्पतालबाट सबै सेवा दिनु बढी प्रभावकारी हुने जानकारी दिनुभयो ।

साथै मन्त्री खतिवडाले आँखा स्वास्थ्यका लागि पनि स्थानीय तहले बजेट छुट्याउनुपर्ने बताउनु भएको छ ।

‘बजेट अभावमा कुनै पनि आँखा स्वास्थ्य कार्यक्रम रोकिनु हुँदैन’ उहाँले भन्नुभयो, ‘स्थानीय तह, प्रदेश तह र केन्द्र तहले समन्वय गरेर आँखा स्वास्थ्यका लागि काम हुनुपर्छ ।’

नेत्र ज्योति संघ लगायतका केही संघ संस्थाले स्थानीय तहसँग मिलेर उदाहरणीय काम गरेको भन्दै उहाँले अन्य स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्न समेत आग्रह गनुभयो । वजेट निर्माण गर्दा कुनै संस्थाले आँखा स्वास्थ्यका लागि वजेट छुट्याउन माग गरेमा कुनै पनि गाउँपालिकाले नाइनस्ती गर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

मन्त्री खतिवडाले स्वास्थ्य आँखा अस्पताल विस्तार गरिने तयारी भैरहेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा.रोशन पोखरेलले प्रत्येक जिल्ला अस्पतालमा आँखा सेवाको शाखा स्थापना गरिने बताउनुभयो ।

संघका महासचिव भरतबहादुर चन्दले ‘भिटामिन ए’को कार्यक्रमले अन्धोपन र बाल मृत्युदर तीन चौथाईले कमी आएको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठन, युनिसेफ र नेपाल सरकारको सहयोगमा ‘भिटामिन ए’ अभियान सुरु गरिएको र यसले उल्लेखनीय सुधार भैरहेको उहाँको भनाइ छ।

संघले दिवसको अवसरमा संघको अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तिमा योगदान दिने गण्डकी प्रदेश, तुलसीपुर उपमहानगरपालिका दाङ, वरिष्ठ समाजसेवी श्रीजंग शाह, विराट नगर अस्पताल, भरतपुर आँखा अस्पताललाई प्रमाणपत्र पनि दिएको छ । यस वर्षको संघको नारा ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter