अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन बन्द हुने

काठमाडौं, वैशाख २६ गते । मतदानका दिन यातायात बन्द गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सो निर्णय गरिएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले नियमित पत्रकार सम्मेलनमा सोमबार जानकारी गराउनुभएको हो ।

अत्यावश्यक सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शब बाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवाजस्ता अत्यावश्यक सवारी साधन भने सुचारु हुन दिने आयोगले प्रष्ट पारेको छ । सोहीअनुसार स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय आयोगले गरेको छ ।

त्यस्तै, स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलम बाहेक कालो, रातो, नीलो वा हरियो मसीमध्ये कुनै मसी प्रयोग भएको कलम, डट्पेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार निर्वाचन आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, ७ प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता शिक्षा कार्यक्रम अन्तर्गत २८ र २९ गते मतदान स्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृृत्वमा मतदान गर्ने तरिकाबारे जानकारी गराउने व्यवस्था आयोगले गरेको छ । सोही अवधिमा मतदाता परिचयपत्र वितरण गरिने पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रहरूमा वर्षात्को पानीबाट मतदान कार्य र सो पश्चात मतगणना कार्य प्रभावित नहुनेगरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न आयोगले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृतलाई निर्देशन दिएको छ ।

सोको आवश्यक समन्वय एवम् सहजीकरणका लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता पौडेलले बताउनुभयो । त्यस्तै, स्थानीय तह सदस्य निर्वाचनको मौन अवधिमा उम्मेदवार र उम्मेदवारका फ्यानहरूका फेसबुक, ट्वीटर, टिकटक लगायतका पेजहरूमा स्पोन्सर पोष्ट हुन सक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानलाई मौन अवधि शुरु हुन अगाडि सामाजिक सञ्जालका पेजमा भएका निर्वाचन आचारसंहिता विपरीतका चित्रहरू, पोष्टहरू हटाउन र नयाँ पोष्ट नगर्न आयोगले निर्देशन दिएको छ । २७ गते राती १२ बजेदेखि शुरु हुँदैछ ।

सोहीअनुसार स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन वैशाख ३० गते निजीक्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई सो दिन बिदा दिन आयोगले आग्रह गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter