नेपाल सरकारको नीति तथा कार्यक्रम

काठमाडौं, जेठ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिँदै लगिने बताउनुभएको छ । मङ्गलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस वर्षको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकांक्षालाई पूर्णरुपमा आत्मसात् गरेको बताउनुभयो ।

त्यस्तै, कार्वन व्यापारबाट थप लाभ प्राप्त गरिनेछ, विकास र वातावरणबीच सन्तुलन कायम गर्ने नीति अबलम्बन गरिने छ । बहुमूल्य जडिबुटीलाई संरक्षण गरी व्यावसाहिक उत्पादन गरिने, वनको दिगो व्यवस्थान गरी वन पैदावरमा आत्मनिर्भर हुने व्यवस्था गरिने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी, काठलगायतका वनजन्य पदार्थको आयात निरुत्साहित गरिने छ । चुरे क्षेत्रको एकीकृत संरक्षण तथा विकास गरिनेछ । कोशी, गण्डकी र महाकाली जलाधारको संरक्षण र व्यवस्थापन गरिनेछ । नदी प्रणालीको सुदृढीकरण गरिने र राज्यका आधारभूत तहमा महिलाको सहभागितालाई प्राथमिकता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।नीति तथा कार्यक्रमकाे पूर्णपाठ

गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिने

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धारलाई थप व्यवस्थित गर्ने, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको संरक्षण गरिने, राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाइने छ । बाल न्यायप्रणलीलाई प्रभावकारी बनाई बाल सुधार केन्द्रलाई थप व्यवस्थित बनाइने छ ।

चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता एवम् सुन्दरताको प्रचारप्रसार गरिनेछ । नेपाललाई विदेशी चलचित्र छायाँकनका लागि आकर्षक स्तरको रुपमा विकास गर्न प्रर्वद्धन गरिनेछ ।

संघसंस्था दर्तालाई सङ्घीय कानुन अनुसार नियगमन गरी कार्यान्वयन गरिनेछ ।

शिक्षक दरबन्दी पुनरावलोकन

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरिनेछ । विज्ञान, गणित र प्राविधिक शिक्षकको अभाव नहुनेगरी सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी पुनरावलोकन गरिनेछ।

आगामी वर्ष नमूना विद्यालय सञ्चालनमा ल्याइनेछ । दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म लागू गरिनेछ । पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गरिनेछ । विश्वविद्यालयको पाठ्यक्रमलाई अनुसन्धानमूलक बनाइने छ । सामुदायिक विद्यालयमा स्वास्थ्य सेविकाहरु परिचालन गरिने छ । शिक्षालाई सिपसँग र सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग र रोजगारीलाई उत्पादनसँग, उत्पादनलाई बजारसँग जोड्नका लागि पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गरिने छ ।

यसैगरी, स्वास्थ्य संस्थामा स्वास्थ्य परिचालिकाको व्यवस्था गरिने । शहीद, वेपत्ता परिवार र द्वन्द्वपीडित बालबालिकालाई शिक्षाको व्यवस्था गरिनेछ । बालबालिकाहरुको हक सुनिश्चित गर्दै आधारभूत स्वास्थ्य शिक्षा र पोषण सबैको पहुँचमा बढाउने । डढेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने र प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज स्थापना गरिने सरकारको कार्यक्रममा उल्लेख छ ।

यसैगरी, वैदेशिक रोजागीमा हुने ठगीको नियन्त्रण गरिनेछ । राष्ट्रिय योजना आयोगमा नीति कार्याशाला प्रयोग स्थापना गरिनेछ । आगामी वर्ष नेपाल जीवनस्तर मापन सर्वेक्षण गरिनेछ । सङ्घीय प्रशासनको कार्य प्रगति र आवश्यकता आधारमा विद्यमान निकायहरुलाई प्राथमिकताका साथ एकआपसमा गाभ्ने वा पुनर्सरचना गरिनेछ । अध्यागमन र सीमा सुरक्षालाई प्रविधिमैत्री, आधुनिक एवम् पूर्वाधार सम्पन्न बनाइनेछ ।

कारागारलाई सुधारगृहमा परिणत गरिनेछ । विपत् व्यवस्थापन गर्न स्वास्थ्य सेविकाहरुको परिचालन गरिने । संसदमा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुङ्गोमा पुु-याइनेछ । निःशुल्क कानुनी सहायता सेवा सहज बनाइने ।

शान्ति प्रक्रियालाई टुङ्गोमा पु-याउन आवश्यक प्रबन्ध अघि बढाइनेछ । भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी उपाय अबलम्बन गरिनेछ । प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिनेछ ।

निर्वाचनसम्बन्धित एकीकृत कानुन तर्जुमा गरिनेछ । राष्ट्रिय सर्तकता केन्द्रलाई प्रभावकारी बनाइनेछ । औषधोपचारका क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइने छ ।

आर्थिक पारदर्शिता र वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्दै बेरुजु कम गरिनेछ । बेरुजु फच्र्यौटलाई अभियानका रुपमा सञ्चालन गरिनेछ ।

यसैगरी, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गरिनेछ । राष्ट्रहितलाई केन्द्रमा राखी मित्र राष्ट्रसँगको सम्बन्धलाई प्रगाढ बनाइनेछ । बहुपक्षीय एवम् क्षेत्रीय मञ्चमा नेपालको उपस्थितिलाई अर्थपूर्ण बनाइनेछ ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सुरक्षा कायम गर्न नेपालको उपस्थिति बलियो बनाइनेछ । कूटनीतिमार्फत सीमा समस्याको सम्बोधन गरिनेछ ।

सातै प्रदेशमा सुविधासम्पन्न रंगशाला

नेपाल सरकारले सातवटै प्रदेशमा सुविधासम्पन्न दशरथ रंगशाला निर्माण गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा खेलकुदतर्फ सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने उल्लेख गर्नुभएको हो ।

कार्यक्रममा सरकारले आगामी आर्थिक बर्षमा एउटा प्रदेशमा एउटा प्रशिक्षण केन्द्रसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्दै लैजाने उल्लेख छ । सरकारले नीति तथा कार्यक्रममा चितवनको गैडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम बनाउने, सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने र हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने कार्यलाई पनि समेटेको छ ।

सरकारको नीति तथा कार्यक्रममा खेलाडीलाई पुरस्कार, भत्ता र विमाको ब्यवस्था गरिने, फप्लामा क्रिकेट स्डेडियम निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाकी काम पूरा गर्ने र प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने पनि उल्लेख छ ।

यसैगरी आगामी वर्ष नेपालमा साहसिक तथा पर्वतीय खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, हरेक स्थानीय तहमा खेलग्राम निर्माण गरिने योजनालाई निरन्तरता दिइने, खेलाडीको क्षमता अभिबृद्धिका लागि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता र प्रशिक्षणको ब्यवस्था गरिने, हरेक नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारीरिक ब्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिने कार्यक्रममा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिने

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धारलाई थप व्यवस्थित गर्ने, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको संरक्षण गरिने, राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाइने छ । बाल न्यायप्रणलीलाई प्रभावकारी बनाई बाल सुधार केन्द्रलाई थप व्यवस्थित बनाइने छ ।

चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता एवम् सुन्दरताको प्रचारप्रसार गरिनेछ । नेपाललाई विदेशी चलचित्र छायाँकनका लागि आकर्षक स्तरको रुपमा विकास गर्न प्रर्वद्धन गरिनेछ ।

संघसंस्था दर्तालाई सङ्घीय कानुन अनुसार नियगमन गरी कार्यान्वयन गरिनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter