• Saturday, May 03, 2025

इन्धनको मूल्य घट्दैन : आयल निगम

काठमाडौं,साउन १८ गते। नेपाल आयल निगमले अहिलेकै इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो।

निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ। निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ।

‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपियाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ,’ विज्ञप्तीमा भनिएको छ।

लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ। महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter