फुरु व्यवसायबाट दैनिक एक लाख रुपियाँ कमाई

राजन रावत / हुुम्ला साउन २० गते । कोरोना अघि ६ महिनाका लागि चीनको ताक्लाकोट जानुुभएका हुुम्लावासीको फुुरु (काठको भाँडा) ब्यापार फस्टाउँदै गएको छ । कोरोनाको कारण हिल्सा नाका बन्द हुँदा अन्य ब्यापारी जान नपाउने र उतै रोकिनुुभएका व्यापारी थोरै भएपछि फुुरु ब्यापारबाट कमाइ राम्रो भएको व्यापारीको भनाइ छ ।

दुुई वर्षदेखि चीनको पुुराङ काउण्टीको ताक्लाकोटमा फुुरु ब्यापार गर्दै आउनुुभएका ब्यापारी ठोक्याल लामाले अहिले दैनिक एक लाख रुपियाँ कमाइ हुनेगरेको बताउनुुभयो । २०७६ को जेठ महिनामा उहाँ लगायतको टोली ताक्लाकोटमा ब्यापार गर्न जानुुभएको थियो । सो वर्ष कात्तिक महिनामै हिमपात भएको कारण उहाँ लगायत १४७ जना हुुम्लावासी फर्कन पाउनुुभएन । लगत्तै कोरोना सुरु भएको थियो ।

ताक्लाकोटबाट हुम्ला फिर्ता आउन नपाउने भएपछि फुुरु ब्यापारतर्फ लागेको लामाले बताउनुुभयो । एउटा राम्रोखाले फुरुको मूल्य दशदेखि ४० हजारसम्म पर्ने उहाँको भनाइ छ । नाका बन्द भए पनि ब्यापार राम्रो भएको कारण सबै ब्यापारी खुुसीले ताक्लाकोटमा बस्दैआएको बताउनुुभयो । ९८ जना हुम्लाका ब्यापारीले यो ब्यापार गर्दैआएको उहाँले जानकारी दिनुभयो ।

सबै नेपालीको ब्यापार जोड्दा दैनिक डेढ करोडसम्म कमाइ हुन्छ उहाँले भन्नुभयो । सबैको कमाइ राम्रो भएको कारण सिमकोटदेखि सुर्खेत र काठमाडौंमा घरघडेरीको ब्यवस्था गर्न ब्यापारी सफल भएको बताउनुुभयो । ताक्लाकोटमा रोकिएकामध्ये ४९ जनाले मजदुुरी काम गर्दै आउनुभएको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter