• Saturday, May 03, 2025

करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न

काठमाडौं, साउन २३ गते । कृषि विभागले साउन २३ गतेसम्म करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको जनाएको छ । कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार पारेको प्रतिवेदनमा साउन १६ देखि २३ गतेसम्मको अवधिमा करिब ९५ प्रतिशत धानको रोपाइ सम्पन्न भएको हो ।

विभागको तथ्यांकअनुसार साउन २३ गतेसम्म करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको देखिएको छ । गत वर्ष साउन १२ गतेसम्म ९५.६ प्रतिशत रोपाइ सम्पन्न भएको हो । गत वर्ष यस अवधिमा करिब ९८ प्रतिशत रोपाइ सम्पन्न भएको थियो ।

यसरी गत वर्षको यस अवधिको तुलनामा करिब पाँच प्रतिशतको हाराहारीमा कम रोपाइ भएको देखिएको विभागले जनाएको छ । विशेष गरि मधेश प्रदेश र लुम्विनी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएकाले रोपाइमा कमी देखिएको विभागका सह–सचिव तथा प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही दिन मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ढिलो गरी रोपाइ हुँदा करिब ९७ प्रतिशतसम्म रोपाइ हुनेमा २ देखि ३ प्रतिशतको हाराहारीमा गत वर्षभन्दा कम धान रोपाइ भएको देखिएको छ । बाँकी ठाउँमा ढिलो रोपाइ भएका कारण उत्पादनमा असर पर्ने कुराको सुक्ष्म विश्लेषण गर्ने कृषि मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter