ककनीमा विधुतीकरणका लागि सौर्य मिनिग्रिड स्थापना गरिने

शेरबहादुर राई / ओखलढुङ्गा, साउन २६ गते । ओखलढुङ्गाको ककनीमा विधुतीकरणका लागि सौर्य मिनिग्रिड स्थापना गरिने भएको छ । भौगोलिक विकटताका कारण केन्द्रीय बिधुत विस्तार गर्न खर्चिलो हुने भएकाले सुनकोशी गाउँपालिका –९ ककनीमा सौर्य मिनिग्रिड निर्माण गरी विधुतीकरण गरिनेभएको हो ।

ककनी गाउँमा केन्द्रीय विधुत पु¥याउन धेरै खर्चिलो हुने भएकाले सौर्य मिनिग्रिडमार्फत विद्युतीकरणको काम अघि बढाइएको वडाअध्यक्ष हितराज कार्कीले बताउनुभयो । ककनीमा रहेको एक सय ७० घर परिवारलाई लक्षित गरेर सौर्य मिनिग्रिड स्थापनाको काम थालिएको उहाँको भनाइ छ ।

पाँच करोड ८७ लाख ६९ हजार लागतमा सूर्योदय ऊर्जा प्रालि. काठमाडौंले ७० किलोवाटको सौर्य मिनिग्रिड परियोजना निर्माण गर्ने वडाअध्यक्ष कार्कीले जानकारी दिनुभयो । परियोजनाको काम सुरु गर्न कम्पनीबाट प्राविधिक र कर्मचारी सुनकोशी –९ ककनीमा आएर सम्भाव्यता अध्ययन थालेको निवर्तमान वडाअध्यक्ष झनककुमार कार्कीले बताउनुभयो ।

एसिया पेसेफिक ईकोनोमिक कर्पोरेशनको ९० प्रतिशत अनुदान र सुनकोशी गाउँपालिकाको १० प्रतिशत लागतमा परियोजनाको काम सम्पन्न हुनेभएको छ । वडाको अन्य बस्तिहरुमा अहिले धमाधम केन्द्रीय विधुत विस्तारको काम भइरहेको छ । एक साताभित्र वडामा अधिकांश घरहरुमा केन्द्रीय विधुत जडानको काम सकिने वडा कार्यालयले जनाएको छ । ककनी गाउँ जिल्लाकै चर्चित धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter