• Saturday, May 03, 2025

निर्वाचन सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकताः प्रहरी महानिरीक्षक सिंह

काठमाडौं, साउन २६ गते। आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने भएका छन्।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले यस्तो बताउनुभएको हो। उहाँले म्यादी प्रहरीको संख्या निक्र्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्ने बारेमा छलफलका लागि सूची पठाइसकेको बताउनु भयो।

उहाँले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताउनु भयो। महानिरीक्षक सिंहले यसबारेमा प्रारम्भिक चरणमा छलफल र तयारी चलिरहेको बताउनु भयो। उहाँले निर्वाचनका लागि आवश्यक सुरक्षा परिचालन दिनेकुरा सम्बन्धित मन्त्रालयबाट प्राप्त भइसकेको बताउनु भयो।

उहाँले नेपाल प्रहरी निर्वाचनको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताउनु भयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter