• Saturday, May 03, 2025

माछापालनका लागि चार करोड अनुदान

सन्तोष राउत / सोलुखुम्बु, साउन ३० गते । हिमाली जिल्ला सोलुखुम्बुमा माछापालन प्रवद्र्धनका लागि करिब चार करोड रुपियाँ रकम खर्च भएको छ ।

जिल्लाको विभिन्न स्थानमा ट्राउट माछापालनका लागि पछिल्लो चार आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुङ्गा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरबाट १२ वटा फार्मलाई तीन करोड ९६ लाख ५९ हजार रुपियाँ अनुदान वितरण गरिएको हो ।

अनुदान प्राप्त गर्नेमा महाकुलुङ गाउँपालिका–१ को महाकुलुङ रेन्बो ट्राउट माछापालन ब्लक समिति, खुम्बु पासाङल्हामु गाउँपालिका–१ को खुम्बु कृषि व्यवसाय तथा माछापालन समूह, सोलुदूधकुण्ड नगरपालिका–९ को सोलु रेन्बो ट्राउट माछापालन समूह, थुलुङ दूधकोसी गाउँपालिका–७ को थुलुङ महाकुलुङ रेन्बो ट्राउट ब्लक विकास समूह र सोलुदूधकुण्ड नगरपालिका–१० को सगरमाथा बहुउद्देश्यीय कृषि तथा पशु फार्म रहेका छन् ।

त्यस्तै सोलुदूधकुण्ड नगरपालिका–९ को सुजन शशि कृषि तथा पशु फार्म, खुम्बु पासाङल्हामु गाउँपालिका–१ को सगरमाथा कृषि व्यवसाय तथा माछा केन्द्र र थुलुङ दूधकोसी गाउँपालिका–९ को राजा बहुउद्देश्यीय ह्याचरी कृषि तथा पशु फार्म, माप्यदूधकोसी गाउँपालिका–२ को मामा भान्जा बहुउद्देश्यीय कृषि तथा माछा केन्द्र, सोलुदूधकुण्ड नगरपालिका–१ को हिमाली कृषि तथा रेन्बो ट्राउट माछा फार्म, सोलुदूधकुण्ड नगरपालिका–४ को हिमाली रेन्बो ट्राउट तथा लोकल माछा फार्म र थुलुङ दूधकोसी गाउँपालिका–१ को ज्योति बहुउद्देश्यीय कृषि तथा पशु फार्म रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुङ्गा सम्पर्क केन्द्र सोलुखुम्बुले जनाएको छ ।उक्त फार्ममध्ये केहीलाई ७५ र केहीलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको केन्द्रका प्रमुख भीमलाल तामाङले जानकारी दिनुभयो ।

माछापालनका लागि राज्यको करोडौँ लागनी भए पनि यस जिल्लामा सीमित फार्मले मात्रै उत्पादन गर्न सकेका छन् । कतिपयले अनुदानका लागि सामूहिक फार्म दर्ता गरे पनि अनुदान प्राप्त भएपछि व्यवसाय सञ्चालन नगरेको पाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter