कपिलवस्तुमा बहुमूल्य अगरउडको खेती

जानु पाण्डे / कपिलवस्तु, भाद्र ४ गते । कपिलवस्तुमा बहुमूल्य औषधीजन्य जडीबुटी तथा सुगन्धित तेल धूप उत्पादन गर्न मिल्ने अगरउडको खेती गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका -९ बर्दहवामा २.५ हेक्टर जमिनमा अगरउडका बिरुवा रोपिएको हो ।

वन तथा भुसंरक्षण मन्त्रालय बबरमहल काठमाडौंको सहयोगमा सामुदायिक वन क्षेत्रमा अगरउड वृक्षारोपण गरिएको छ । बर्दहवास्थित कोटिहवा सामुदायिक वनमा २२ सय अगरउडका बिरुवा लगाइएको सामुदायिक वनका कोषाध्यक्ष मिलन बुढा मगरले बताउनुभयो ।

अघिल्लो वर्षको असारमा वृक्षारोपण गरिएको थियो । वृक्षारोपण गरिएको क्षेत्रको माटो सुहाउँदो नभएका कारणले हुर्काउन गाह्रो भएको मगरको भनाइ छ । एक वर्ष सो बिरुवा २ देखि ४ फुट अग्ला भएको र मरेकामध्ये १९५ बिरुवा प्रतिस्थापन गरिएको मगरले बताउनुभयो । सो बिरुवालाई परीक्षणका लागि मन्त्रालयबाट निःशुल्क उपलब्ध भएको बताइएको छ ।

बिरुवा हुर्काउन तारबार गरी संरक्षण गरिएको छ । अगरउड अति सुगन्धित वासना आउने प्रजातिको विरुवा हो । यसलाई सौन्दर्य प्रशोधन, अत्तर उत्पादन, औषधीजन्य वस्तु उत्पादनका लागि कच्चा पदार्थको रुपमा प्रयोग गरिने गरेको मगरले बताउनुभयो । रुख हुर्किएको आठ वर्षपछि वैज्ञानिक तरिकाले काण्डमा प्वाल पारेर पाइपको प्रयोग गरी कृत्रिम ढुसी घुसाउने गरिन्छ ।

“कल्भिटेड अगरउड किट” नाम गरेको केमिकल काण्डभित्र राखेपछि संक्रमण भएर अगर बन्ने प्रक्रिया सुरु हुने डिभिजन वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी मदनमोहन स्याण्डिल्यले बताउनुभयो ।

अगरउडको माग जापान, सिंगापुर, अरबी देश, अमेरिकाजस्ता विकसित राष्ट्रमा हुनेगरेको छ । अगरको गुणस्तर हेरेर प्रतिकेजी लाखौँ मुल्य पर्नेगरेको वन तथा प्राकृतिक स्रोतविज्ञ साधन व्यवस्थापन विज्ञ मथुरा खनालको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter