समानुपातिकको मतगणना बुधबार सकिने

काठमाडौं, मङ्सिर २० गते । निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरेको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले भोलिसम्म सकिने जानकारी दिनुभएको छ ।

प्रवक्ता वाग्लेले सम्पन्न भएको मतगणनाको विवरण आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको बताउनुभयो ।

आयोगको विवरण अनुसार हालसम्म एक करोड पाँच लाख ५० हजार ६७ मत गणना भइसकेको छ । केही स्थानमा गणना जारी रहेकाले अहिले नै कति गणना भयो र कति बाँकी छ भन्न नसकिने प्रवक्ता वाग्लेको भनाइ छ ।

मतगणनाको पछिल्लो अद्यावधिक विवरण अनुसार नेकपा (एमाले) अगाडि रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । एमालेले २८ लाख ५४ हजार ६४१ मत ल्याएको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी (जसपा)ले पाँच लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत प्राप्त गरेको छ ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक लाख ६७ हजार ३६७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८ र हाम्रो नेपाली पार्टीले ५५ हजार ७४३ मत ल्याएको छ ।

त्यस्तै, समानुपातिकतर्फ प्रदेशगत विवरण हेर्ने हो भने प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले अगाडि रहेको छ भने मधेश प्रदेशमा मात्रै कांग्रेस अगाडि रहेको छ । मङ्गलबार अपराह्न ५ बजेसम्मको अद्यावधिक विवरण यस प्रकार छ :

प्रदेश १
यस प्रदेशमा १८ लाख ९९ हजार १४४ मत गणना हुँदा एमालेले छ लाख ६५ हजार ४६० मत ल्याउदा कांग्रेसले पाँच लाख ६२ हजार ९५६ मत प्राप्त गरेको छ । त्यस्तै, राप्रपाले एक लाख ९८ हजार ५११, माओवादी केन्द्रले एक लाख ८१ हजार २४५, जसपाले ६१ हजार ७२३, नेकपा एसले ५५ हजार ९५७ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ५३१ मत ल्याएको छ ।

मधेश प्रदेश
यस प्रदेशमा २० लाख ८६ हजार २९८ मत गणना हुँदा कांग्रेसले चार लाख १४४ मत प्राप्त गरी पहिलो स्थान ओगटेको छ । त्यस्तै, एमालेले तीन लाख ५१ हजार ७६८ मत ल्याएको छ । यसैगरी, जनमत पार्टीले तीन लाख २९ हजार १७७, जसपाले दुई लाख ९८ हजार ७७४, माओवादी केन्द्रले एक लाख ८० हजार ८६०, नेकपा एसले एक लाख १३ हजार ९१५ र लोसपाले एक लाख १३ हजार ३६४ मत ल्याएको छ । साथै, राप्रपाले ६५ हजार ५४, नेपाल सङ्घीय समाजवादी पार्टीले ५० हजार १८८ र नागरिक उन्मुक्ति पार्टीले ४९ हजार ७०५ मत प्राप्त गरेको छ ।

बागमती प्रदेश
यस प्रदेशमा १९ लाख ३७ हजार १८ मत गणना हुँदा नेकपा (एमाले)ले पाँच लाख ९४ हजार ५२१ मत प्राप्त गरी अगाडि रहेको छ । कांग्रेसले पाँच लाख ९४ हजार २६१, माओवादी केन्द्रले दुई लाख ८५ हजार २७६ र राप्रपाले दुई लाख ७५ हजार ५३२ मत प्राप्त गरेको छ । त्यस्तै, नेमकिपाले ६८ हजार ७९६, नेकपा एसले ६८ हजार १०१ र हाम्रो नेपाली पार्टीले ४७ हजार ८९३ मत ल्याएको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा नौ लाख ८५ हजार ८०२ मत गणना हुँदा एमालेले तीन लाख ६७ हजार ९८९ मत प्राप्त गरेको छ । कांग्रेसले तीन लाख ४९ हजार ६२८, माओवादी केन्द्रले एक लाख १६ हजार ९४५, राप्रपाले ५९ हजार ४८३, हाम्रो नेपाली पार्टीले १८ हजार ७३७, नेकपा एसले १५ हजार ७६, राष्ट्रिय जनमोर्चाले १४ हजार ९४०, मंगोल नेशनल अर्गनाइजेशनले ११ हजार ६३६ र जसपाले पाँच हजार ७५७ मत ल्याएको छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना हुँदा एमालेले पाँच लाख ७० हजार ९२१ मत प्राप्त गरी पहिलो बनेको छ । कांग्रेसले चार लाख ९९ हजार ९८६ मत ल्याइ दोस्रो बनेको छ ।

माओवादी केन्द्रले एक लाख ९८ हजार ४५०, राप्रपाले एक लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५२१, जनमत पार्टीले ८१ हजार ६०५, जसपाले ६० हजार ८८६, नेकपा एसले ४२ हजार ६२१, लोसपाले २७ हजार ६३१ मत ल्याएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार ८२९ मत गणना हुँदा एमालेले एक लाख ८३ हजार ९५० र कांग्रेसले एक लाख ७० हजार ७५६ मत ल्याएको छ । त्यस्तै, माओवादी केन्द्रले एक लाख ३७ हजार ६२९, नेकपा एसले ३५ हजार ८२६ र नेमकिपाले आठ हजार ९९३ मत ल्याएको छ ।

सुदूरपश्चिम प्रदेश
यस प्रदेशमा आठ लाख ९६ हजार ३८६ मत गणना हुँदा एमालेले दुई लाख ७४ हजार ६७५ मत प्राप्त गर्दा कांग्रेसले दुई लाख ६९ हजार ५६४ मत ल्याएको छ । माओवादी केन्द्रले एक लाख २१ हजार ४३१, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५९, राप्रपाले ४४ हजार २३३ र नेकपा एसले ४३ हजार ८१९ मत ल्याएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter