• Friday, May 02, 2025

मानवअधिकार र कानुनी शासनको पक्षमा काम गर्नु आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं, मङ्सिर २४ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानुनी शासनको पक्षमा सामूहिक रूपमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ।

शनिबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। उहाँले नेपालको संविधानले विश्वव्यापीरुपमा मानव अधिकारका आधारभूत माग अन्तर्गतका सबै अधिकारलाई मौलिक हकको रूपमा संवैधानिक रूपमा प्रत्याभूत गरेको उल्लेख गर्नुभयो।

मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण भइसकेको भन्दै उहाँले मानव अधिकारको संरक्षण, संवर्द्धन गर्ने दायित्व राज्यको भए पनि मानव अधिकारको सम्मान गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो।

प्रधानमन्त्री देउवाले प्रचलित कानुनको पालना र मानव अधिकारको सम्मान गर्न निजी क्षेत्र, प्राज्ञिक समाज, नागरिक सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभूत गर्न र मानव अधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सबैजना मिलेर मानव अधिकार, लोकतन्त्र, कानुनको शासनको पक्षमा काम गर्नु आवश्यक छ। नेपालको संविधानले विश्वव्यापी रूपमा मानव अधिकारका आधारभूत मागअन्तर्गतका लगायत सबै अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ।’’

उहाँले सबै किसिमका दण्डहीनता अन्त्य गर्ने र मानव अधिकार उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति नेपाल सरकारले लिएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण भइसकेका छन्। मानव अधिकारको संरक्षण, संवर्द्धन गर्ने दायित्व राज्यको भएता पनि मानव अधिकारको सम्मान गर्नु सबैको जिम्मेवारी हो। प्रचलित कानुनको पालना र मानव अधिकारको सम्मान गर्न निजी क्षेत्र, प्राज्ञिक समाज, नागरिक सबैको सहयोग आवश्यक छ।’’

उहाँले राष्ट्रिय मानव अधिकार आयोगको पेरिस सिद्धान्तअनुरूपको स्वतन्त्रता र स्वायत्ततालाई अघि बढाउन सरकार सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले थप भन्नुभयो, ‘‘राष्ट्रिय मानव अधिकार आयोगको पेरिस सिद्धान्तअनुरूपको स्वतन्त्रता र स्वायत्ततालाई अघि बढाउन सरकार सदैव प्रतिबद्ध छ। सबै किसिमका दण्डहीनता अन्त्य गर्ने, मानव अधिकार उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति नेपाल सरकारले लिएको छ। नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभूत गर्न मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध छ।’’

प्रधानमन्त्री देउवाले सरकारले मानवअधिकार सम्बन्धी कानुनी संरचना व्यवस्थापनदेखि मानवअधिकार उल्लङ्घनका घटना कम गर्न आवश्यक काम गर्दै आइरहेको उल्लेख गर्नुभयो। नेपालसहित विश्वभर शनिबार ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter