• Wednesday, April 23, 2025

निम्नआय भएका बिरामीलाई साढे दुई करोड रुपियाँ सहयोग

अमृतप्रसाद पौडेल / म्याग्दी, पुस २ गते । म्याग्दीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोषले जिल्ला भित्रका निम्नआयस्तर भएका २७९ जना बिरामीको उपचारका लागि साढे दुई करोड रुपियाँ बढी रकम सहायता उपलब्ध गराएको छ ।

हिमाली जिल्ला म्याग्दीको बेनीमा रहेको सो संस्थाले स्थापनाकालदेखि हालसम्म म्याग्दी भित्रका २७९ जना निम्नआयस्तर भएका बिरामीको उपचारमा कुल २ करोड ५४ लाख १९ हजार ६४ रुपियाँ ८६ पैसा उपलब्ध गराएको हो ।

संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका अवसरमा संस्थाका अध्यक्ष राजेश शाक्यले ओमकुमारी शान्ति कोषले आफ्नो कोषमा रहेको रकम एवम् बिरामीको उपचार अभियानमार्फत संकलन गरेर सो रकम उपलब्ध गराएको बताउनुभयो । शाक्यले भन्नुभयो, “हालसम्म संस्थाले आफ्नो कोषबाट ४८ लाख ५७ हजार ५३१ रुपियाँ र बिरामी बचाउ अभियानमार्फत दाताबाट संकलन गरेर २ करोड ५ लाख ६१ हजार ५३३ रुपियाँ ८६ पैसा सहयोग गरेको छ ।”

आर्थिक अभावले गर्दा स्वाथ्योपचार गर्न नसक्ने अवस्थाका नागरिकको उपचार गर्ने हेतुले ‘दिन जान्यो बाँच्न जान्यो’ मुल नाराका साथ स्थापना भएको सामाजिक संस्था हो ओमकुमारी शान्ति कोष । हाइपोप्लाष्टिक एनिमिया रोगबाट ग्रसित म्याग्दीको बेनी नगरपालिका –४ की ओमकुमारी पुन (शान्ति) को उपचार गर्ने तथा उहाँलाई बचाउने हेतुले सुरु भएको शान्ति बचाउ अभियान पछि गएर ओमकुमारी शान्ति कोषको रुपमा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा दर्ता भएर अगाडी बढेको संस्थाका अध्यक्ष राजेश शाक्यको भनाइ छ ।

शाक्यका अनुसार बोनम्यारो प्रत्यारोपण सफल नभए पछि २०७१ असार १८ गते ओमकुमारीको निधन भएको थियो । त्यस वखत शान्ति बचाउ अभियानमा संकलन भएको रकमलाई संस्थागत रुपमा बचत गर्ने र गरिब बिरामीको उपचारमा खर्चिने उद्देश्यसहित २०७१ असोज २९ गते ओमकुमारी शान्ति कोष जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो ।

शनिबार भएको अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्ष लोकबहादुर पुन, महासचिव बिनय श्रेष्ठ, कोषाध्यक्ष सन्दीप खत्री, सचिव दिपक श्रेष्ठ र सहकोषाध्यक्षमा डिलकुमारी पुर्जा सर्वसम्मत रुपमा निर्वाचित हुनुभयो ।

त्यस्तै, सदस्यहरुमा सान्तोष गौतम, कृष्णबहादुर जिसी, टकसरा राना, नन्दकुमार पाईजा, सचिन शाक्य, मिनाकुमारी राम्जाली, कमल खत्री र नेत्रराज सुवेदी चयन हुनुभएको निर्वाचन समितिका प्रमुख दिलीप पुनले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter