प्रभावकारी भूमिका निर्वाह गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन

काठमाडौं, पुस २ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदलाई निर्देशन दिनु भएको छ।

प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाइ दिँदै सो निर्देशन दिनुभएको हो।

प्रतिनिधिसभामा निर्वाचित सबै सांसदलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गर्नुभएको सञ्चार मन्त्रीसमेत रहनु भएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

उहाँले कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढन आफूहरुले चाहेको पनि स्पष्ट पार्नुभयो। मन्त्री कार्कीले भन्नुभयो, ‘‘यो कार्यक्रममा प्रधानमन्त्रीले संसदमा, प्रतिनिधि सभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नुभएको छ। अरु राष्ट्रिय राजनीतिको बारेमा गठबन्धन जारी छ। गठबन्धनलाई जनताले अनुमोदन गरेका छन्। चाँडै नै गठबन्धनको बैठक बसेर अरु कुराको निर्णय हुनेछ।’’

प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बसेपछि निर्णयको विषयमा जानकारी गराउनुभएको हो। उहाँले सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढ्ने बताउनुभएको मन्त्री कार्कीले जानकारी गराउनुभएको हो। ‘‘तपाईं अनुमान गर्न सक्नु हुन्छ। गठबन्धनको बैठक भइसकेपछि त्यसको निर्णय मात्रै मैले तपाईंलाई जानकारी गराउन सक्दछु। गठबन्धनकै नेतृत्व सरकार बन्छ। हामी सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढ्न चाहन्छौं’’, मन्त्री कार्कीले भन्नुभयो।

मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वाससमेत व्यक्त गर्नुभयो। उहाँले सत्तारुढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter