नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय; ज्येष्ठ सदस्यमा जबराको सम्भावना

काठमाडौं, पुस ३: राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरूलाई सात दिनको समय दिएकी छन्।

संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आज समय दिएकी हुन्।

पुस १० गते आइतबार साँझ ५ बजे भित्र सरकार गठन गर्न राष्ट्रपतिले समय दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै दलको पनि एकल बहुमत नआएकोले धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान भएको हो।

संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने उल्लेख छ। दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।

सांसद शपथको तयारी : ज्येष्ठ सदस्यमा जबराको सम्भावना

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण मिति सोमबार तय गर्ने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यको पहिचान गरेर सुरुमा उहाँलाई शपथ ग्रहण गराउने र त्यसपछि अन्य सदस्यको शपथ गर्नेगरी अन्तिम तयारी गरेको छ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, निर्वाचन आयोगले निर्वाचित सांसदको विवरणमा उल्लेख गरेको मिति र नागरिकतामा रहेको मिति फरक परेकाले पत्राचार गरिएको थियो । आयोगले पुनः पठाएको विवरण आज सचिवालयले प्राप्त गरेको छ ।

सहायक प्रवक्ता धमलाले भन्नुभयो, ‘‘आयोगको विवरण आएको छ तर पनि ज्येष्ठ सदस्य को हो भन्ने स्पष्ट खुलेको छैन, आयोगको निर्वाचनसम्बन्धी एकीकृत विवरणमा रहेको जन्म मिति र नागरिकतामा रहेको मिति फरक देखिन्छ, अब सचिवालयले भोलि टुङ्गो लगाएर शपथ ग्रहण मिति तोक्ने छ ।’’

नवनिर्वाचित सांसदको नागरिकता अनुसार ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको रहेको पाइएको छ । उहाँ ८० वर्षको हुनुहुन्छ । अर्का सांसद महेन्द्र राय यादवको उमेर पनि ज्येष्ठ सदस्यका लागि दाबी गर्न मिल्ने भए पनि उहाँले यसअघि आफ्नो जन्म मितिका बारेमा फरक भनाइ राखेकाले उहाँ पर्ने सम्भावना कम छ ।

प्रतिनिधि सभा सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले निर्वाचन आयोगले निर्वाचनको अन्तिम मतपरिणाम सचिवालयलाई बुझाएको जानकारी दिँदै भन्नुभयो, “निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम परिणाम प्राप्त भयो । तर, त्यसमा उम्मेदवारको उमेर नखुलाएकाले उमेर खुलाएर पठाउन पुनः पत्राचार गरेका छौँ । त्यो प्राप्त भएपछि सबैभन्दा ज्येष्ठ सदस्यको पहिचान गर्छौँ । त्यसपछि ज्येष्ठ सदस्यको शपथ ग्रहण राष्ट्रपतिबाट हुनेछ ।” सबैभन्दा पहिले ज्येष्ठ सांसदले शपथ ग्रहण गर्नुहुने उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter