• Wednesday, April 23, 2025

निलगिरि जलविद्युतका लागि वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

काठमाडौं, पुस ४ गते । सरकारले निलगिरि जलविधुत आयोजनाको २२० केभी. प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बसेको बैठकले निलगिरि खोला एक र दुई जलविधुत आयोजना प्रसारणको लागि सो निर्णय गरिएको जानकारी दिनुभयो ।

मन्त्री कार्कीले सरकारले माथिल्लो फावाखोला जलविधुत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताउनुभयो । संरक्षण क्षेत्रभित्रका जलविधुत आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने, खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यसैगरी, संरक्षण क्षेत्रभित्रका जलविधुत आयोजनाका लागि थप सर्त समावेश गर्ने, मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गर्ने, कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter