नेपाल टी–२० लिग जित्ने जनकपुरको दाबी

काठमाडौं, पुस ५ गते । जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिग जित्ने दाबी गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा शुक्रबारदेखि त्रिवि मैदान कीर्तिपुरमा आयोजना हुने लिगका लागि जनकपुरले मंगलबार टोलीको कप्तान समेत घोषणा गरेको छ ।

जनकपुरले टोलीको कप्तानमा वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिनलाई नियुक्त गरेको हो । टिम घोषण र जर्सी सार्वजनिक कार्यक्रममा टोलीका प्रशिक्षक उमेश पटवालले जनकपुरको एउटै लक्ष लिग जित्नुरहेको बताउनुभयो । ‘‘टोलीमा अनुभवी र राम्रा खेलाडी छन् । सबैको मिहेनतमा उपाधि जित्न चाहन्छौँ,’’ पटुवालले भन्नुभयो ।

भारतीय प्रशिक्षक पटुवालले पुनः नेपाल आउन पाएकोमा खुसी समेत व्यक्त गर्नुभयो । टोलीको मार्की खेलाडीमा नेपालका सोमपाल कामी हुनुहुन्छ । सोमपाललाई टोलीको उपकप्तानको जिम्मेवारी पनि दिइएको छ । कप्तान ग्रिफिनले नेपालमा आएर पहिलो पटक क्रिकेट लिग खेल्न पाउनु आफ्ना लागि खुसीको क्षण भएको बताउनुभयो । उहाँले कप्तान बन्न पाउनु थप खुसी र जिम्मेवारीको विषय भएको पनि बताउनुभयो ।

मार्की खेलाडी सोमपालले नेपालमा टी–२० लिग हुनु खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभयो । उहाँले विदेशी खेलाडीसँग खेल्न पाउँदा प्रदर्शनमा समेत सुधार आउने बताउनुभयो । जनकपुर टोलीमा सोमपाल कामीसहित सन्दीप जोरा, आदिल आलम, दिलीप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी र खड्ग बोहरा हुनुहुन्छ ।

विदेशी खेलाडीहरूमा कप्तान ग्रिफिनसहित वेस्ट इन्डिजका चाडविक वाल्टन र केस्रिक वसलियम्स, श्रीलंकनका असान प्रिएनजन, अफगानिस्तानका सरफुद्दिन असरफ र समिउल्लाह सेनवारी हुनुहुन्छ । मंगलबारनै टोलीका मालिक गोविन्द खन्डेलवाल, प्रशिक्षक पटवाल, कप्तान ग्रिफिन, उपकप्तान सोमपाल कामीलगायतले जर्सी सार्वजनिक गर्नुभएको थियो ।

पुस २६ गतेसम्म सञ्चालन हुने फ्रेन्चाईज लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । सोही दिन अर्को खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेड भिड्नेछन् ।

सहभागी टोलीले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी समेत दिइसकेको छ । क्यानले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई आठ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस बापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले वार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने बताईएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter