प्रतिनिधि सभा सदस्यको शपथ अघि सर्वदलीय बैठक

काठमाडौं, पुस ६ गते। प्रतिनिधि सभा सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सर्वदलीय बैठकको आह्वान गरेको छ। सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बिहीबार मध्यान्ह १२ बजे दलको बैठक आह्वान गरिएको हो।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले शपथ लिनुभएको छ। शपथ ग्रहण लगत्तै ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद् सचिवालयमा पुगेर संसद् सदस्यको शपथबारे जानकारी लिनुभएको छ।

ज्येष्ठ सदस्य जबराको अध्यक्षता एवम् संयोजनमा सर्वदलीय बैठक आह्वान भएको हो। सर्वदलीय बैठक लगत्तै उहाँले प्रतिनिधि सभाका २७४ सदस्यलाई शपथ ग्रहण गराउनुहुनेछ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter