धनगढीमा दुईवटा ओभरहेड पानी टंकी निर्माण

प्रकाशविक्रम शाह / धनगढी, पुस २७ गते । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को शान्तिनगर र १२ को जुगेडामा पाँच करोड रुपियाँ बढीको लगानीमा दुईवटा ओभरहेड पानी टंकी निर्माण गरिएको छ ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय धनगढीको लगानीमा ४५०/४५० घनमिटिर क्षमताका दुईवटा ओभरहेडपानी टंकी निर्माण गरिएको हो ।

वडा नम्बर १ को शान्तिनगरको ओभरहेडपानी टंकी निर्माणमा दुई करोड २२ लाख ५८ हजार र वडा नम्बर १२ को जुगेडामा दुई करोड १० लाख ४५ हजारभन्दा बढी रुपियाँ खर्च भएको खानेपानी संस्थानका धनगढीका प्रमुख शैलेन्द्रकुमार साहले बताउनुभयो ।

दुईवटै ओभरहेडपानी टंकीको संस्थानका अध्यक्ष गुणाकर भुषाल र महाप्रबन्धक इश्वरप्रसादले बुधबार संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

ओभरहेड पानी टंकीको निर्माणकार्य आर्थिक वर्ष २०७६/२०७७ मा शुरु भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter