माघे सङ्क्रान्तिमा खपत हुने कन्दमूलमा नेपाल आत्मनिर्भर

विष्णु पाण्डेय / काठमाडौं, पुस ३० गते । नेपालको प्रत्येक चाडका विशेषता आ–आफ्नै खालका छन् । सँगै चाडपर्वका खान्कीहरु पनि भिन्नाभिन्नै छन् । तीजमा दर, दशैं तथा तिहारमा माछा, मासु एवम् सेलरोटी खाने प्रचलन छ ।

माघ १ गते मनाइने माघे संक्रान्तिको पनि छुट्टै विशेषता छ । संक्रान्तिका अवसरमा कन्दमूल, चाकु एवम् तिलका लड्डुहरु खाने गरिएको छ । चिसो मौसममा शरीरलाई न्यानो राख्ने खान्कीहरुमा यी खानेकुरा पर्दछन् ।

त्यसकारण तरुल, सखरखण्ड, पिँडालुको बिक्री बजारमा ह्वात्तै बढेको छ । आइतबार माघे संक्रान्ति पर्व हो । एक हप्तादेखि नै तरुल, शखरखण्ड तथा पिँडालुको व्यापार बढेको व्यापारीको भनाइ छ ।

काठमाडौंकै ठूलो तरकारी तथा फलफूल बिक्री केन्द्रको रुपमा रहेको कालीमाटी तथा फलफूल बजारमा प्रवक्ता विनय श्रेष्ठमा अनुसार खपत हुने कन्दमूलमध्ये अधिकांश नेपालकै उत्पादन हो ।

पुस महिनामा मात्रै तरुल, सखरखण्ड र पिँडालु गरी एक हजार ७३६ मेट्रिक टन कालीमाटी आगमन भएको उहाँको भनाइ छ । जसमध्ये तरुल र पिँडालु नेपालकै उत्पादनले धानेको उहाँको भनाइ छ ।

सखरखण्डको आधा हिस्सा भने छिमेकी देश भारतबाट आउनेगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा माघे संक्रान्तिमा खपत हुने कन्दमूलमध्ये अधिकांश उत्पादन नेपालकै हो । सखरखण्डको आधा हिस्सा मात्र मात्र छिकेकी देश भारतको भर पर्नुपर्ने अवस्था रहेको छ ।”

पुस महिनाभरि कालीमाटी तरकारी बजारमा आएको परिणामअनुसार तरुल, सख्खरखण्ड र पिँडालु एक हजार ७३६ मेट्रिक टन आएको छ । जसमध्ये तरुलको हिस्सा धेरै छ । कुल एक हजार २५८ मेट्रिक टन तरुल आएको छ । सखरखण्ड २१५ मेट्रिक टन भित्रिएको छ । जसको आधा हिस्सा नेपालकै उत्पादन हो भने बाँकी छिमेकी देश भारतको हो ।

त्यस्तै, पिँडालु २६२ मेट्रिक टन भित्रिएको छ । जसमध्ये सबै नेपालकै उत्पादन रहेको छ । कालीमटीमा आएको तरुलमध्ये सर्लाही, सुनसरी, धादिङ्, झापा, चितवन, नवलपरासी, मकवानपुर र मोरङको छ ।

सोहीअनुसार पिँडालु चितवन, नवलपरासी, काभ्रेबाट आएको छ भने सखरखण्ड धादिङ्, काभ्रे, नुवाकोट, सुनसरी झापा र चितवनबाट आएको छ । अन्य भारतको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance

Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401

Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa

Counter:
Web Counter