राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं, माघ ३ गते । आज (मङ्गलबार) मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्नुभएको छ । उहाँले ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा माओवादी नेत्री रेखा शर्मा नियुक्त हुनुभएको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको छ भने सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा सुशिला सिर्पाली ठकुरी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएको छ।

यसैगरी, नेकपा (एमाले) बाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त हुनुभएको छ । पौडेलले परराष्ट्र र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सहरी विकास मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र कानुन मन्त्रीमा ध्रुवबहादुर प्रधानले जिम्मेवारी पाउनुभएको छ भने राप्रपाबाटै दीपक सिंह ऊर्जा राज्यमन्त्री बन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी, रास्वपाकी तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बन्नुभएको छ ।

यसैगरी, यस अघि गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । सोही दिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter