सुन्दरहरैचामा पूर्णकालीन अस्पताल सेवा बिस्तार

उर्लाबारी, माघ ३ गते । पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय रहेको मोरङको सुन्दरहरैचा ८ गोठगाउँमा पूर्णकालीन अस्पताल सेवा बिस्तार गरिएको छ । २०५० सालमा विश्वविद्यालय स्थापना भएपछि स्थानीयले गोठगाउँमा अस्पताल र मेडिकल कलेज सञ्चालन हुनुपर्ने माग गर्दै आएका थिए ।

तर, विश्वविद्यालयको मुख्य कार्यालय विराटनगरबाट गोठगाउँमा सार्न नै २६ वर्ष लागेका थियो । मुख्य कार्यलय गोठगाउँमा आएपछि स्थानीय नागरिक र राजनीतिक दलका नेताले पूर्णकालिन अस्पताल सञ्चालन र शिक्षण अस्पताल सञ्चालन गर्न माग गरेका थिए । बहुप्रतिक्षित अस्पताल सेवा बिस्तार भएसँगै स्थानीयको गुमेको खुसी फर्किएको छ ।

अस्पताल सेवा विस्तार कार्यक्रमको शुभारम्भ गर्दै नेपाली कांग्रेसका वरिष्ट नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले सरकारले विश्वविद्यालयलाई दिने अनुदान बढाउन माग गर्नुभयो । डा. कोइरालाले विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा सरकारले दलीय भागवण्डा लगाउने अनि अनुदान माग्दा पूर्वाञ्चल विश्वविद्यालय सरकारी होइन, समूदायबाटै चलाउँ भन्न पाइदैन ।

कोइरालाले चार करोड रुपियाँ अनुदान दिएर विश्वविद्यालय नचल्ने बताउँदै यही अवस्थामा मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालन गर्न चुनौती रहेको उल्लेख गर्नुभयो । कोइरालाले तत्कालिन प्रधानमन्त्री गिरजाप्रसाद कोइरालाले भारतको बनारस हिन्दु विश्वविद्यालयको मोडलमा विकसित गर्न पूर्वाञ्चल विश्वविद्यालय स्थापना गरेको उल्लेख गर्र्दै समय समयमा हुने सरकार परिवर्तनले उहाँको सपना पुरा नभएको बताउनुभयो ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता रमेशजङ्ज रायमाझीले १ नम्बर प्रदेशका नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिने उदेश्यले अस्पतालको विस्तारत सेवा शुभारम्भ गरएको बताउनुभयो । राजमाझीले भन्नुभयो, ‘‘पूर्वाञ्चल विश्वविद्यालयमा शिक्षण अस्पताल र मेडिकल कलेज सञ्चालनमा राजनीतिक रङ्ग नदिई काम गरौं । प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । हाम्रो अभियान सफल हुन्छ ।’’

राष्ट्रिय सभाका अर्का सांसद गोपी अछामीले दलगत स्वार्थ र कामको जस कसले लिने भन्नेमा नअल्मलिन आग्रह गर्नुभयो । आफू वर्तमान प्रधानमन्त्रीको प्रतिनिधि समेत भएको बताउँदै उहाँले हिजो मोरङको गछिया आएर पनि प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज र अस्पताल सञ्चालन गर्ने विषयमा प्रतिवद्धता जनाउनु भएकोले यस क्षेत्रका नागरिकको सपना पूरा हुने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा मोरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनील शर्मा, सुन्दर हरैचा नगरपािलकाका मेयर केदारप्रसाद गुरागाई, अस्पताल निर्देशक डा.विपेश आचार्य लगायतले बोल्नुभएको थियो । हाल विश्वविद्यालय परिसरमा १० बजे देखि १ बजेसम्म अस्पताल सेवा सञ्चालन भइरहेको छ । त्यस्तै १० देखि ४ बजेसम्म आकस्मिक सेवा सञ्चालन भइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter