उखुको समर्थन मूल्य तोकियो, प्रतिक्विन्टलमा २० रुपियाँ बृद्धि

काठमाडौं, माघ ४ गते । सरकारले उखुको समर्थन मुल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य प्रतिक्विन्टल २० रुपियाँ बृद्धिगरी ५४० रुपियाँ तोकेको कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो । यस्तै, ७० रुपियाँ किसानका लागि सरकारले ढुवानीका लागि अनुदान पनि दिने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, “आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपिँया तोकेका छौँ । सरकारले ७० रुपिँया ढुवानीका लागि अनुदान दिने पनि निर्णय गरेको छ ।” उहाँका अनुसार प्रस्तावित समर्थन मूल्य ५३५ थियो । बैठकले पाँच रुपियाँ बढाएर ५४० रुपियाँ समर्थन मूल्य तोकेको हो । जुन गत बर्षको तुलनामा २० रुपियाँ बढी हो ।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ तोकेको थियो । ढुवानी बापतको अनुदान रकम ७० रुपियाँ नै कायम गरेको थियो । अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपियाँले बृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।

कृषिमन्त्री साहका अनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिइएको हो । ५४० रुपियाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपियाँ भने किसानलाई सरकारले दिएको अनुदान हो, उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter