• Friday, May 02, 2025

सामाजिक सुरक्षा भत्ताका लागि बैंकिङ शिविर

जानु पाण्डे / कपिलवस्तु, माघ १३ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले गाउँटोलमा बैकिङ शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बाँडन सुरु गरेको छ । नगरपालिकाले बैंकसँग समन्वय गरी दोस्रो किस्ता वापतको भत्ताबाट गाउँटोलमा वितरण गर्ने कामको सुरुवात गरेको हो ।

जेष्ठ नागरिक, एकल महिला तथा पूर्ण असक्त र अति असक्त अपाङ्गता भएका नागरिकलाई दिने लगायतका सामाजिक सुरक्षा भत्ता लिन बैंक पुग्नुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख अजय थापाले बताउनुभयो ।

ग्रामीण भेगमा सेवाग्राहीहरु भत्ता लिनका लागि दिनभरी पालो कुरेर बस्ने, अटो रिक्सा भाडा तिरेर खर्चिलो हुनेजस्ता समस्याको समाधान भएको छ । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता दिनेको संख्या १२ हजार ८२० जना रहेको छ ।

टोलमा भत्ता वितरणको थालनी गरेपछि अरु पालिकाको ध्यान तानेको सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाका प्रमुख दीपक खड्काले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter