• Friday, May 02, 2025

ललितपुर महानगरले सुरु गर्‍यो मेलमिलापसम्बन्धी तालिम

ललितपुर, माघ १४ गते । ललितपुर महानगरपालिकाले वडामा उठेका विवाद वडास्तरमा नै समाधान गर्न मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । महानगरको न्यायिक समितिले २९ वटै वडाका ३० जनालाई प्रशिक्षार्थीलाई शुक्रबारदेखि तालिम दिन सुरु गरेको हो ।

यसअघि पनि महानगरले मेलमिलापसम्बन्धी तालिम सञ्चालन गरिसकेको छ । तालिमप्राप्त मेलमिलापकर्ता वडामा खोलिएको मेलमिलाप केन्द्रमा क्रियाशील छन् । स्थानीय स्तरमा उठेका विवाद वडामा नै समाधान गर्न लागि महानगरले प्रत्येक वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार महानगरको दुईवटा वडामा उक्त केन्द्र सञ्चालन भइसकेको छ ।

तालिमको उद्घाटन गर्नुहुँदै ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्यले यो तालिम अन्य तालिमभन्दा पृथक् भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो जीवन रूपान्तरणको तालिम हो, त्यसैले सक्रिय भएर लाग्नुस् ।’’

विवादरहित समाज निर्माणका लागि यो तालिम आवश्यक भएको बताइन् । वडामा उठेका विवाद समाधान गर्न यो तालिमपछि व्यक्ति समक्ष हुने उहाँको दाबी छ । रूपान्तरणसहितको समाज निर्माणका लागि यो तालिम उपयोगी भएको उपप्रमुखको भनाइ थियो ।

बागमती प्रदेशका पूर्वन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले मेलमिलाप विवादको वैकल्पिक समाधान भएको बताउनुभयो । अदालतले गरेको निर्णयमा समेत व्यक्तिले चित्त नबुझाएको उदाहरण प्रस्तुत गर्नुहुँदै उहाँले मेलमिलापले विवादका दुवै पक्षलाई आत्मसम्मानको अनुभव गराउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मेलमिलाप द्वन्द्व व्यवस्थापनको उपयुक्त माध्यम हो ।’ श्रेष्ठका अनुसार श्रीलङ्का र बङ्गलादेशमा मेलमिलापको माध्यमबाट धेरै विवाद समाधान भएको छ । नेपालमा यसको अभ्यास सुरु हुँदै गएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशिक्षक सन्तोष राना मगरले यो तालिम अन्य तालिमभन्दा पृथक् भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सीप र जानकारीमूलक यो तालिमले र व्यक्तिलाई दक्ष बनाउँछ, चेन मोडलमा यो तालिम सञ्चालन हुन्छ, एउटा कक्षासँग अर्को अन्तरसम्बन्धित हुन्छ, त्यसैले कुनै पनि कक्षा नछुटाउनुस् ।’’

विधायन समितिका सदस्य अमिर महर्जनले मेलमिलापबाट समस्याको समाधान गराउँदा दुवै पक्षलाई जितको महसुस हुने बताए । विवाद समाधानका लागि यो तालिम उपयोगी भएको उहाँको भनाइ छ ।

ललितपुर महानगर कानुन महाशाखा प्रमुख खगेन्द्रप्रसाद बस्तीले महानगरको २९ वटै वडामा मेलमिलाप केन्द्र सुरुवातको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

वडाका विवाद वडाकै प्रशिक्षित मेलमिलापकर्तामार्फत गराउँदा विवाद समाधान प्रभावकारी र छिटो हुने उहाँले बताउनुभयो । कार्यक्रममा न्यायिक समितिका सदस्य प्रदीप डङ्गोल, तालिम प्रदायक संस्था मेडियसन नेपालका प्रवीण नापितकाे उपस्थिति थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter