भवन नबन्दै प्रादेशिक अस्पताल सञ्चालन गरिने

जानु पाण्डे / कपिलवस्तु, फागुन १ गते । भवन भाडामा लिएर लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सरुवा रोग अस्पताल सञ्चालनको तयारीमा अगाडि बढाएको छ । प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले नागरिक अगुवासँग भेटघाट गर्दै केही स्वास्थ्यकर्मी परिचालन गरेर भवन नबन्दै सेवा प्रदान गरिने बताउनुभयो ।

शङ्कर पोख्रेल नेतृत्वको प्रदेश सरकारले कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा प्रदेशस्तरको सरुवारोग अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । अस्पताल भवन निर्माणको लागि ठेक्का समेत लागेको छ । हाललाई भवन लिजमा लिएर सेवा सुरुवात गर्ने भवन निर्माण भएपछि स्थानान्तरण गर्ने मन्त्री पन्थीले बताउनुभयो ।

उहाँले मन्त्री भएपछि पहिलो निर्णय गर्दै अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढाएको बताउनुभयो । प्रदेशको तेस्रो प्रादेशिक अस्पताल सरुवारोग अस्पताल हुनेछ । चिकित्सक, स्वास्थ्यकर्मी, अन्य प्राविधिक जनशक्ति परिचालनका लागि तयार रहेको छ । अस्पतालको काम फास्ट ट्र्याकमा गर्न पूर्वाधार निर्माणसँगै अस्पताल सञ्चालन समेत गरिने मन्त्री पन्थीले बताउनुभयो ।

उहाँले प्रदेशभित्रका हरेक अस्पतालका त्रैमासिक रूपमा घुम्ती विशेषज्ञ सेवा प्रदान गरिने बताउनुभयो । अस्पतालमा नभएका सेवा प्रदान गर्न तीन महिनामा एक पटक विशेषज्ञ चिकित्सकसहितको टोली खटाइनेछ । जसका कारण प्रादेशिक अस्पताल धाउनु पर्ने बाध्यता आंशिक रूपमा अन्त्य हुने विश्वास गरिएको छ । प्रदेशका सबै जनतालाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि थप योजना बनाइ अगाडि बढाउने मन्त्री पन्थीले प्रतिबद्धता जनाउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter