सामुदायिक रेडियोलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्छौँ : मन्त्री पौडेल

काठमाडौं, फागुन १ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति लिने बताउनुभएको छ ।

पछिल्लो समयमा मुलुकमा सामुदायिक रेडियो प्राथमिकतामा नपरेको भन्ने गुनासो भइरहेका बेला उहाँले कुनै सञ्चारमाध्यमले रेडियोलाई विस्थापित गर्न नसक्ने विचार प्रकट गर्नुभयो । विश्व रेडियो दिवसका अवसरमा युनेस्को, अमार्क एसिया प्यासेफिक र इन्डिजिनियस मिडिया नेटवर्कको सहकार्यमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्नुभयो, “सञ्चारमाध्यमका प्रकार थपिँदै गए पनि रेडियोको उपयोगिता न सकिएको छ, न सकिने छ ।”

संविधानसँग बँझिने गरी कानुन बनाउन नमिल्ने भन्दै सामुदायिक रेडियोका सन्दर्भमा सङ्घीय अधिकारसँग बँझिने गरी कुनै अभ्यास गर्न नमिल्ने उहाँको भनाइ छ । ‘रेडियो र शान्ति’ नारासहित १२औँ विश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सामुदायिक मुद्दालाई समेट्ने सञ्चारमाध्यमका रूपमा सामुदायिक रेडियोको प्रभावकारिता रहेको बताउनुभयो ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो राजनीतिक र सामाजिक रूपले पछि परेको रेडियोकर्मीको गुनासो रहेको बताउँदै रेडियो विपद्को सुख दुःखको साथी रहेकाले राज्यको अभिभावकत्वको भूमिका आवश्यकपर्ने बताउनुभयो ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले मानव विकास सूचकाङ्क बढाउन सामुदायिक रेडियोको योगदान धेरै रहेको बताउनुभयो । उहाँले रेडियोको लाइसेन्स सङ्घबाट जारी गर्ने र हुलाकबाट नवीकरण गर्ने व्यवस्थाका कारण सेवा लिनेलाई झन्झट भएको बताउनुभयो । उहाँले समस्या समाधानका लागि छलफल गरी अघि बढ्न आफूहरू तयार रहेको धारणा व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter