• Wednesday, April 23, 2025

गहुँको सिजन कुर्दै उद्योगी

नवराज कट्टेल / विराटनगर, फागुन २ गते । भारतबाट गहुँ आयातमा कडाइ गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै अन्य उद्योगमा परेको छ । भारतले १० महिनाअघि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिँदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् ।

गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योग चलिरहेको गौमती आँटा उद्योगका सञ्चालक हरिवंश राठीले जानकारी दिनुभयो । गहुँ पाक्ने सिजन नजिक आएकाले भण्डारण गरिएको गहुँबाट केही आपूर्ति भए पनि मागअनुसार नभएको राठीले बताउनुभयो ।

भारतले निर्यातमा रोक लगाएपछि पैठारीकर्ताले गत वैशाखअघि आयात गरेर भण्डारण गरेको गहुँको मूल्य बढेको थियो । त्यसको असर उपभोक्तासम्मलाई परेको छ ।

भारतले कोटा तोकेर ५० हजार मेट्रिक टन गहुँ नेपाललाई दिने बताएको छ । कोटा बाँडफाँट र आयातमा समय लागेपछि कच्चा पदार्थको अभाव झेल्नुपरेको उद्योगी राठीले बताउनुभयो ।

“गहुँको नयाँ सिजन पर्खेर बसेका छौँ, सिजन नजिकिँदा पैठारीकर्ताले भण्डार गरेको गहुँमा प्रतिक्विन्टल पाँच सय रुपियाँ घटाएका छन्,” राठीले भन्नुभयो । नेपालमा वार्षिक नौ लाख टन गहुँको माग रहेको छ । त्यसमध्ये एक तिहाइ माग आन्तरिक उत्पादनले धान्दै आएको छ । गहुँ नपाउँदा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका छवटा मैदा र २० वटा आँटा उद्योगसँगै ती उद्योगका उत्पादनमा आधारित अन्य उद्योग प्रभावित भएका छन् । मैदा र आँटा प्रयोग गर्ने चाउचाउ, बिस्कुट, पास्ता, नुडल्स, बेकरीजस्ता उद्योगको उत्पादन कटौती गरिएको छ ।

मैदा र आँटामा आधारित चारवटा चाउचाउ उद्योग, तीन बिस्कुटका ठूला र आधा दर्जन साना उद्योग, प्लाईका ३० उद्योग, एक सयको हाराहारीका बेकरी, एक सयकै हाराहारीमा नुडल्स र चिप्स, फिङ्गर्स, पास्तालगायताका ४० उद्योग छन् । विशाल मैदा मिलका सञ्चालक एवं मोरङ व्यापार सङ्घका उपाध्यक्ष विकास बेगवानीले भन्नुभयो, “भारतले कोटा तोकेर दिएको ५० हजार टनमध्ये ३० हजार टन गहुँको कोटा २४ उद्योगलाई दिइएको छ तर त्यो गहुँ पनि अझै आइसकेको छैन ।”

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter