आइसिसी लिग-२ : ओपनर कुशल चम्किएपछि नेपालको सुखद सुरुवात

गाेविन्द रेग्मी / काठमाडौं, फागुन २ गते । ओपनर ब्याट्सम्यान कुशल भुर्तेल चम्किएपछि आइसिसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हरायो । नामिबियाले दिएको दुई सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालले एकदिवसीय क्रिकेटमा पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।

नेपालले नामिबियालाई हराएको पनि यो पहिलो पटक हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक एक सय १५ रन बनाउनुभयो । कुशलले एक सय १३ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाउनुभयो ।

बलिङमा नामिबियाका रुवेन ट्रम्पलम्यान र जान निकोलले तीत तीन विकेट लिनुभयो । टांगेनी लुङ्गामेनी र बेर्नाड स्कल्र्टले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ८५ रन बनाएको थियो ।

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले शतकीय पारी खेल्नुभयो । उहाँले एक सय ३३ रन बनाउनुभयो । कप्तान गेर्हार्ड इरास्मसलाई ५६, जेन ग्रिनले ३४, कार्ल ब्रिकेनस्टकले १३, जान फ्रिलिंकले १३ र रुवेल ट्रुम्पेलम्यानले ११ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसीले पाँच विकेट लिनुभयो ।

सन्दीप लामिछानेले तीन तथा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिनुभयो । नामिबियासँगको यस खेलमा पूर्व कप्तान सन्दीपले पाँच महिलापछि टोलीमा पुनरागमन गर्नुभएको हो । एक नाबालिकालाई बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीपलाई निलम्बन गरेको थियो ।

तर, सन्दीपको मुद्दाको किनारा अझै लागिसकेको छैन । क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै सिरिजका लागि टिममा राखेको हो । लामो समयपछि मैदानमा फर्किए पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्नुभयो ।

आफ्नो पहिलो ओेभरमै नामिबियाको विकेट झारेपछि सन्दीप मैदानमै भावुक बन्नुभएको थियो । उहाँलाई टोलीका सदस्यले सान्त्वना दिँदै थप विकेटका लागि हौसला बढाएका थिए । जितसँगै सिरिजमा २५ खेल सकेको नेपाल २० अङ्क जोड्दै छैटौँ स्थानमा छ। ३१ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ ।

तीन टोली सहभागी सिरिजको दोस्रो खेलमा नेपालले फागुन ५ गते स्कटल्यान्ड, फागुन ६ गते नामिविया र ९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । स्कटल्यान्ड अहिले ३२ खेलबाट ४६ अङ्क जोड्दै शीर्षस्थानमा छ ।

भुर्तेलको पहिलो सतक

नामिबियाविरुद्धके खेलमा नेपालका ओपनर कुशल भुर्तेललले सतक पूरा गर्नुभएको छ । कुशलले एक सय १३ बलमा १० चौका र चार छक्काको सहयोगमा एक सय १५ रन बनाउनुभयो । उहाँको यो एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो सतक हो ।

टी–२० र एकदिवसीय अन्तर्राष्ट्रियमा सतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी पनि बन्नुभएको छ । यसअघि पूर्व कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुबैमा सतक प्रहार गर्नुभएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा सतक बनाउने भुर्तेल पहिलो ओपनर पनि बन्नुभएको छ ।

रोहितको एकदिवसीयमा हजार रन पूरा

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बन्नुभएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाविरुद्ध ५५ रन बनाएपछि रोहित एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्नुभएको हो । रोहितले नामिबियाविरुद्ध ७२ रन जोड्नुभयो ।

रोहितले ३३ एकदिवसीय खेलमा खेलमा एक हजार रन पूरा गर्नुभएको हो । रोहितपछि ज्ञानेन्द्र मल्लले एकदिवसीयमा सात सय ३४ र आसिफ शेखले ६ सय ५५ रन बनाउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter