नेपाली छाला जुत्ता उद्योगीलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार : मन्त्री चौधरी

काठमाडौं, फागुन ३ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

नेपाल छाला जुत्ता उत्पादक सङ्घद्वारा बुधबारदेखि कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने नारासहित आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु गरेको हो । मन्त्री चौधरीले उद्घाटन गर्नुभएको उक्त प्रदर्शनी यही फागुन ९ गतेसम्म चल्नेछ ।

उहाँले पछिल्लो समय बजारमा देखिएको तरलता अभाव लगायतका समस्याबात तत्काल उद्योगी व्यवसायीहरू निराश नहुन आग्रह गर्नुभयो । मन्त्री चौधरीले वर्तमान सरकार व्यवसायीहरूको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको बताउनुभयो । उहाँले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आबद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरू राखिएको छ । छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको सङ्घले जानकारी दिएको छ ।

प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रूपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिवर्तन ल्याउने रहेको छ । मेलामा करिब ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य सङ्घको रहेको छ ।

मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरू राखिनेछ । मेलामा नेपाली उत्पादन महिला,पुरुष र बालबालिकाका लागि जुत्ता लगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरूको प्रदर्शनीमा राखिएको छ । मेलामा अपाङ्ग व्यक्तिहरूलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter