• Tuesday, April 22, 2025

आयोग संघर्षको प्रतिफल हो, व्यवस्थित गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरुले सामुहिक भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंदरबारमा भएको भेटमा आयोगहरुमा आइपरेका समस्या र चुनौती समाधानमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरु सामाजिक विभेदहरुको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले आयोगहरुको गठन धेरै ठूलो संघर्ष र बहस पश्चात भएको चर्चा गर्नुहुँदै आवश्यक साधन स्रोत र पूर्वाधारसहित व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘समुदायलाई अधिकार सम्पन्न गराउने यी आयोगहरुको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्छ ।’ आयोगका अध्यक्षहरुले मानव अधिकारसम्बन्धी आठ वटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरुको लागि सेवा, शर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रम बमोजिम भएको नदेखिएकाले निर्दिष्ट मर्यादाक्रम बमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

त्यसैगरी संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचारगरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगको समेत सहमति लिनुपर्ने व्यवस्था गर्नपर्ने उहाँहरुको सुझाव थियो । सो क्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना, मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीको सहभागिता रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter