आयोजना अलपत्र पर्दा टुलुटुलु हेरेर बसिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

केशवचन्द्र महरा / दिपायल, फागुन ४ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा योजनाहरू सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । आयोजना अलपत्र पर्दा सरकार टुलुटुलु हेरेर नबस्ने उहाँले प्रष्ट पार्नुभयो ।

चेम्बर अफ कमर्सले आज डोटीमा आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै उहाँले टेण्डर भएर समयमै काम सम्पन्न नभएका अधुरा आयोजनाहरूको काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

“टेण्डर बिट गर्ने, काम गरेजस्तो मात्रै गर्ने, वर्षौँसम्म राज्य र जनतालाई नोक्सानी गर्ने ठेकेदार र कम्पनीलाई छुट दिन नसकिने उहाँले बताउनुभयो ।

विश्वसनीय ढङ्गबाट सम्झौताअनुरूपको काम हुन्छ भने मात्रै म्याद थप गरेर काम गर्न अनुमति दिने उहाँले बताउनुभयो । “निर्माण कम्पनीलाई हामीले तुरुन्तै काम गर्न निर्देशन दिएका छौँ, “उहाँले भन्नुभयो, “समयमै सम्झौताअनुरूपको काम गर्ने अवस्था रहेन भने ठेक्का रद्द गरेर नयाँ ढङ्गबाट आयोजनाको काम अगाडि बढाउँछौँ । निर्माण कम्पनीले आयोजना अलपत्र पारेको टुलुटुलु हेर्न सकिँदैन ।”

डोटीका राजनीतिक दलहरूले उपप्रधानमन्त्री श्रेष्ठसँग धनगढी – खुटिया – दिपायल द्रुत मार्गसँगै अधुरा योजनाहरू समयमै सम्पन्न गरिनु पर्ने माग राख्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले धनगढी – खुटिया–दिपायल द्रुतमार्गको कामलाई पूर्णता दिन आवश्यक पहल गरिने उहाँले बताउनुभयो ।

तीन तहका सरकारसँगको समन्वयमा आयोजनाको प्राथमिकरण निर्धारण गरेर स्रोतसाधनको सीमाभित्र रही विकास निर्माणका काम अगाडि बढाउने प्रतिबद्धता उहाँले गर्नुभयो । सेती लोकमार्ग निर्माण र पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जको विकासका लागि समेत गम्भीर रहेको उहाँले बताउनुभयो ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्रीले पाएको विश्वासको मतलाई समेत सम्बोधन हुनेगरी राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गरिनुपर्छ, “उहाँले भन्नुभयो, “प्रधानमन्त्री जस्तै राष्ट्रपतिका लागि पनि राष्ट्रिय सहमति भयो भने मुलुकको राजनीति र राष्ट्रिय एकता ठीक ढङ्गबाट अगाडि बढ्छ ।” सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे राजनीतिकदलबीच छलफल भइरहेको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter