• Friday, May 02, 2025

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं, फागुन २४ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको छ।

बुधबार धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा बसेकोे केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो।

बैठकपछि सञ्चारकर्मीसँग लिङ्देनले भन्नुभयो, “राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय भयो। किनभने राष्ट्रपति भन्ने संस्थासँग नै हाम्रो फरक मत छ।”

उहाँले राष्ट्रपतिलाई सेरोमोनियल, निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको छ तर, विगतको अभ्यासले यो कुरा पुष्टि नगरेको भनाइसमेत राख्नुभयो। “दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको, प्रतिनिधि सभाबाट निर्वाचित हुनुभएको व्यक्तित्व हुनुहुन्छ। यो निर्वाचनमा तटस्थ बस्न उचित हुन्छ भन्ने निष्कर्षमा पुग्यौं।’’

आगामी दिनमा पनि यसले निरन्तरता पाउने विषयमा पनि बैठकमा छलफल भएको उहाँको भनाइ छ। राप्रपाले भोलि फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको सम्बन्धमा यस्तो निर्णय गरेको हो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter