• Friday, May 02, 2025

काठमाडौंमा दोस्रो अर्थशास्त्री सम्मेलनको तयारी

काठमाडौं, फागुन २४ गते । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना हुनेभएकोे छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजना गर्न लागेको हो ।

अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरु तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने उद्देश्यका साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना हुन लागिएको आयोजकले जनाएको छ ।

दुई दिने सम्मेलनलाई पहिलो दिन उदघाटनसत्र र दोस्रो दिन प्राविधिकसत्र गरी विभाजन गरिएको आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।

राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटल एलो प्यागोडा जमलमा हुनेछ । पहिलो दिनको उदघाटन सत्रमा एउटा र प्राविधिक सत्रमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्रीहरु, पूर्व अर्थमन्त्रीहरु, राजनीतिक पार्टीका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरु, राष्ट्रबैंकका गभर्नर तथा पूर्व गभर्नरहरु, वरिष्ठ तथा उदयीमान अर्थशास्त्रीहरु, कामपा प्रमुख, बैंकर्स एसोसिएसनका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घ नेपाल, उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, सहकारी महासङ्घका अध्यक्ष, एनआरएनएका अध्यक्ष, विश्वविद्यालयका उपकुलपतिलगायतको सहभागिता रहने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter